स्थानीय तह उपनिर्वाचन 

मोरङको ग्रामथानमा १६ प्रतिशत मत खस्यो

मोरङको ग्रामथानमा १६ प्रतिशत मत खस्यो
तस्बिर : अन्नपूर्ण

विराटनगर : मोरङको ग्रामथान गाउँपालिकामा बिहान १० बजेसम्म १६ प्रतिशत मत खसेको छ । सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारी छ । मतदाताले लाइनमा बसेर पालैपालो मतदान गरिरहेका छन् । यो समाचार तयार पार्दासम्म ४ हजार २ सय ९ मत खसिसकेको सहायक निर्वाचन अधिकृत रामराज पौडेलले बताए । उनका अनुसार २६ हजार ४४ मतदातामध्ये २ हजार ५ सय २ पुरुष र १ हजार ७ सय ७ जना महिलाले मतदान गरिसकेका छन् । 

मतदानस्थल र केन्द्रको सुरक्षा व्यवस्था कडा पारिएकाले मतदानका क्रममा कुनै समस्या नरहेको जानकारी पौडेलले दिए । अहिलेसम्म सबैभन्दा बढी मत ग्रामथान–५ को तेतरियास्थित देवी माविमा खसेको छ । त्यहाँ ६ सय ८२ मत झरिसकेको हो ।

मतदानस्थलमध्ये ग्रामथान–१ को खुनियाकट्टास्थित बेगन आधारभूत विद्यालयमा २ सय, लखन्तरीस्थित वीरेन्द्र माविमा ५ सय २६, ग्रामथान–२ स्थित वडा कार्यालयमा ३ सय ९०, झोराहाटस्थित सरस्वती माविमा ३ सय ४५,ग्रामथान–३ को भौसाबाडीस्थित राधाकृष्ण आधारभूत विद्यालयमा २ सय ७२, सिद्राहास्थित वाणी माविमा २ सय ४० मत खसेको छ ।

त्यस्तै, ग्रामथान–४ को लोहासुरस्थित महेन्द्र माविमा २ सय ५६ र मोतीपुरस्थित लोहन्द्रा आधारभूत विद्यालयमा २ सय, ग्रामथान–५ को तेतरियास्थित देवी माविमा ६ सय ८२, ग्रामथान–६ को रविहाटस्थित पब्लिक माविमा ५ सय ७६,ग्रामथान–७ को धोवियारेस्थित गणेश माविमा २ सय ९८ र बनिगास्थित सरस्वती आधारभूत विद्यालयमा २ सय २४ मत खसेको छ ।

ग्रामथानमा १२ मतदानस्थल र २९ वटा केन्द्र तोकिएको छ । मतदान साँझ ५ बजेसम्म जारी रहने छ । ग्रामथानको अध्यक्ष चयनका लागि उपनिर्वाचनअन्तर्गत मतदान चलिरहेको हो । ७ वटा वडा रहेको ग्रामथानमा जम्मा २६ हजार ४४ मतदाता छन् । 

ग्रामथानको अध्यक्षमा यसअघि २०७९ मा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार निर्वाचित भएका थिए । गत असार ३ गते उनको निधन भएपछि अध्यक्ष चयनका लागि आज उपनिर्वाचन भइरहेको हो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.