स्वामीकार्तिक खापर गाउँपालिकामा २४६८ मत खस्यो, मतदान जारी
बाजुरा : स्वामीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष चयनका लागि मतदान जारी रहेको छ । आइतबार बिहान साढे ७ बजेदेखि सुरु भएको मतदान १२ बजेसम्म १ हजार २ सय ५६ पुरुष, २ हजार २ सय १३ महिला गरी जम्मा २ हजार ४ सय ६९ मत खसेका मुख्य निर्वाचन अधिकृत्त संजीव पोखरेलले जानकारी दिएका छन् ।
उपाध्यक्ष चयनका लागि स्वामीकार्तिक खापर गाउँपालिकाका ५ वडाहरूमा ५ मतदान स्थल तोकिएका छन् भने ९ वटा मतदान केन्द्र तोकिएको पोखरेलले बताए ।
स्वामीकार्तिक खापर गाउँपालिकामा नेकपा एमालेबाट सुलोचना भण्डारी बुढा, नेपाली काँग्रेसबाट पुल्तिसरा शाही, एकीकृत समाजवादीबाट जवा शाही उम्मेद्वार छन् । नेकपा माओवादी केन्द्रबाट उम्मेद्वारा दर्ता गराएकी राजुकुमारी विकले नेकपा एमालेका उम्मेद्वार सुलोचना बुढालाई सहयोग गर्ने गरी उम्मेद्वारी फिर्ता लिएको छ ।
स्वामीकार्तिकमा उपाध्यक्ष चयनका लागि ४ हजार ४ सय ६० जना मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । ०७९ सालको स्थानीय निर्वाचनमा रुख चिन्हका उम्मेद्वारा नेपाली काँग्रेसबाट मैना जोशीले १ हजार ८ सय १० मत प्राप्त गरी विजयी भएका। उनका प्रतिस्पर्धी सूर्य चिन्हबाट नेकपा एमालेकी सुलोचना बुढाले १ हजार ६ सय ३७ मत प्राप्त गरेकी थिइन्।
स्वामीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष पदको लागि नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीबीच प्रतिस्पर्धा भइरहेका छ ।
उपनिर्वाचन शान्तिपूर्ण बनाउन उपनिर्वाचन सुरक्षा मापदण अनुसार नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीबलले सुरक्षा दिइरहेको बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायले जानकारी दिए । दिउसो १२ बजेसम्म सबै मतदान स्थलमा शान्तिपूर्ण मतदान भइरहेको उपाध्यले जानकारी दिए ।