ककनी उपनिर्वाचन: ५७ प्रतिशत मत खस्यो

ककनी उपनिर्वाचन: ५७ प्रतिशत मत खस्यो
सुन्नुहोस्

नुवाकोट : नुवाकोटको ककनी गाउँपालिका २ को वडाध्यक्ष पदका लागि मतदान भइरहेको छ। चार मतदान केन्द्रमा आइतबार दिउँसोसम्म करिब ५७ प्रतिशत मत खसेको छ। 

तीनहजार एकसय ७३ जना मतदाता रहेको सो वडामा आइतबार दिउँसो सवा २ बजेसम्म एकहजार सातसय ९३ जनाले मत खसालिसकेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। 

ककनी २ स्थित वडा कार्यालयको ‘क’ मतदान केन्द्रमा तीनसय, ‘ख’ मा तीनसय १५ तथा शिवालय मावि ‘क’ मतदान केन्द्रमा पाँचसय २९ र ‘ख’ मा ६ सय ४९ गरी एकहजार सात सय ९३ अर्थात् ५७ प्रतिशत मत खसिसकेको जिल्ला निर्वाचन अधिकारी होमबहादुर थापामगरले जानकारी दिए।

मतदान सकिएपछि आवश्यक तयारी पूरा गरेर मतगणना गरिने तयारी रहेको छ। ककनीको उपनिर्वाचनमा चारवटा मतदान केन्द्र कायम गरिएका छन्। वडाध्यक्ष पदका लागि ११ जना चुनावी प्रतिस्पर्धामा रहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.