उपनिर्वाचन : मोरङको ग्रामथानमा ६३ प्रतिशत मत खस्यो

उपनिर्वाचन : मोरङको ग्रामथानमा ६३ प्रतिशत मत खस्यो

विराटनगर : मोरङको ग्रामथान गाउँपालिकामा दिउँसो ३ बजेसम्ममा ६३ प्रतिशत मत खसेको छ। मतदान गर्नेमा पुरुषभन्दा महिला धेरै छन्। पुरुषभन्दा झन्डै १ हजार बढी महिला मतदानमा सहभागी भएका हुन्। ग्रामथानमा १२ मतदानस्थल र २९ मतदान केन्द्र छन्। अहिलेसम्म १६ हजार ४ सय ८२ मत खसेको छ। मतदान गर्नेमध्ये ८ हजार ७ सय १२ जना महिला र ७ हजार ७ सय ७० जना पुरुष रहेका हुन्। 

ग्रामथानमा २६ हजार ४४ मतदाता छ। मतदाताको संख्या भने पुरुषको बढी छ। मतदातामध्ये १३ हजार ४१ महिला र १३ हजार ३ पुरुष रहेका हुन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिउँसो ३ बजेसम्म ६३ प्रतिशत मतदान भइसकेको छ। विभिन्न मतदान केन्द्रमा अहिले पनि शान्तिपूर्ण रूपमा मतदान जारी रहेको कार्यालयले जनाएको छ। 

मतदानस्थलमध्ये ग्रामथान–१ को खुनियाकट्टास्थित बेगन आधारभूत विद्यालयमा ५ सय ८७, लखन्तरीस्थित वीरेन्द्र माविमा १ हजार ७ सय ६३, ग्रामथान–२ झोराहाटस्थित सरस्वती माविमा १ हजार २ सय ९५, वडा कार्यालयमा १ हजार ४ सय ९, ग्रामथान–३ को सिद्राहास्थित वाणी माविमा १ हजार ६१ र भौसाबाडीस्थित राधाकृष्ण आधारभूत विद्यालयमा ९ सय २५ मत खसेको छ।

त्यस्तै, ग्रामथान–४ को मोतीपुरस्थित लोहन्द्रा आधारभूत विद्यालयमा १ हजार १ सय ९२, लोहासुरस्थित महेन्द्र माविमा १ हजार ३ सय १३, ग्रामथान–५ को तेतरियास्थित देवी माविमा २ हजार ७ सय ५४, ग्रामथान–६ को रविहाटस्थित पब्लिक माविमा २ हजार २ सय ८४, ग्रामथान–७ को धोवियारेस्थित गणेश माविमा १ हजार ३ सय ४५ र बनिगास्थित सरस्वती आधारभूत विद्यालयमा ५ सय ५४ खसेको छ।

पालिका अध्यक्ष चयनका लागि ग्रामथानमा उपनिर्वाचन भरहेको हो। साँझ ५ बजेसम्म मतदान जारी रहने छ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.