दैलेख उपनिर्वाचन : महाबुमा ५२ र दुल्लु–१३ मा ५४ प्रतिशत मत खस्यो

दैलेख उपनिर्वाचन : महाबुमा ५२ र  दुल्लु–१३ मा ५४ प्रतिशत मत खस्यो

दैलेख :स्थानीय तह उपनिर्वाचन अन्तर्गत दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष र दुल्लु नगरपालिका–१३ को वडाध्यक्षका लागि मतदान भइरहेको छ। 

दुबै पदका लागि बिहान ७ बजेबाटै सुरु भएको मतदान जारी छ। जिल्ला निर्वाचन कार्यालय दैलेखको निर्वाचन अधिकारी नरबहादुर सलामीका अनुसार महाबु गाउँपालिकाको अध्यक्ष पदका लागि दिउँसो ३ बजेसम्म ६ हजार ८ सय ३७ मत खसेको छ। यो कुल मतदाताको ५४.२ प्रतिशत मत हो। 

महाबु गाउँपालिकामा १६ वटा मतदान केन्द्रमार्फत मतदान भइरहेको छ। यहाँ कुल १२ हजार ६ सय १४ जना मतदाता रहेका छन्। महाबुको अध्यक्षमा कांग्रेसबाट झलकबहादुर भण्डारी, एमालेबाट जंगबहादुर शाही, माओवादीबाट जंगबहादुर बराल मगर र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रकाशकुमार बुढा चुनावी मैदानमा होमिएका छन्। यस्तै राप्रपाबाट सुर्जे रावत र नेमकिपाबाट दुर्गबहादुर मगर पनि चुनावमा होमिएका छन्।

यस्तै दुल्लु नगरपालिका–१३ को वडाध्यक्षका लागि दिउँसो ३ बजेसम्म एक हजार चार सय ७० मत खसेको छ। यो कुल मतदाताको ५४.३२ प्रतिशत मत रहेको जिल्ला निर्वाचन अधिकारी सलामीले बताए। दुल्लु नगरपालिका–१३ मा ४ वटा मतदान केन्द्र मार्फत मतदान भइरहेको छ। यहाँ २ हजार ७ सय ६ मतदाता रहेका छन्। मतदान साँझ ५ बजेसम्म जारी रहने छ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.