हुम्लामा ६६.४१ प्रतिशत मत खस्यो

हुम्लामा ६६.४१ प्रतिशत मत खस्यो
सुन्नुहोस्

हुम्ला : सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि ६६.४१ प्रतिशत मत खसेको छ। ६ हजार ८ सय १० जना मतदाता संख्या रहेको सर्केगाडमा २ हजार ३ सय २८ पुरुष, २ हजार १ सय ९५ महिला गरी ४ हजार ५ सय २३ मत खसेको हो। १२ वटा मतदानस्थल र १३ वटा मतदान केन्द्रबाट ६६.४१ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत शम्भुप्रसाद बरालले जानकारी दिए। शान्तिपूर्ण मर्यादित रूपमा मतदान भएको मुख्य निर्वाचन अधिकृतले बताए। 

मतदान केन्द्रबाट मतपेटिका छिटो आएपछि ९ राति ९ बजेदेखि नै मतगणना सुरु हुने प्रयास रहेको मुख्य निर्वाचन अधिकृत बरालले बताए। मतपेटिका पुगेपछि सर्वदलीय बैठक बसालेर आजै राति ९ बजेदेखि मत गणना गर्न तयारी रहेको बरालको भनाइ छ। 

गाउँपालिका उपाध्यक्ष पदका लागि नेपाली कांगे्रसबाट सविता बुढा, नेकपा एमालेबाट जाना शाही, नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी, नेकपा विप्लबबाट साझा उम्मेदवार देवकी तिमिल्सेना र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट संगीता शाही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बाँचा बुढा चुनावी मैदानमा होमिएका छन्। 

२०७९ सालमा कांग्रेस र माओवादी केन्द्रले मिलेर चुनाव लडेका थिए। त्यसबेला गठबन्धनबाट कांग्रेसका रोकाया अध्यक्ष र माओवादीका चन्द्रसिंह कार्की उपाध्यक्षमा निर्वाचित भएका थिए। उपाध्यक्ष कार्कीको गत भदौ ४ गते गाडी दुर्घटनामा परेर निधन भएसँगै रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो।

यस्तो छ जनमत

२०७९ मा भएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट चन्द्रसिंह कार्कीले उपाध्यक्षमा चुनाव जित्दा ३ हजार २ सय ६९ मत पाएका थिए। एमालेकी जुनकुमारी फडेरा १ हजार ६४ मत ल्याएर उपविजेता भएकी थिइन्। अध्यक्षमा कांग्रेसका रोकाया ३ हजार ५ सय ४३ मत प्राप्त गरी विजयी हुँदा एमालेका ज्ञामी बुमीले ९ सय ९७ मत पाएका थिए। आठ वडामध्ये माओवादी तीन, कांग्रेस दुई, एमाले दुई र एक वडा स्वतन्त्रले जितेका थिए।

२०७४ को निर्वाचनमा सर्केगाडमा एमाले–माओवादी गठबन्धन भएको थियो, जसमा एमालेले अध्यक्षमा माओवादीलाई र माओवादीले उपाध्यक्षमा एमालेलाई सघाएको थियो। त्यसबेला १ हजार ९ सय २० मतका साथ माओवादीका कृष्ण रोकाय विजयी हुँदा कांग्रेसका मंगलबहादुर शाही पराजित भएका थिए। शाहीले १ हजार ७ सय ७५ मत प्राप्त गरेका थिए। २०७४ र २०७९ मा पालिका अध्यक्ष र उपाध्यक्षमा गठबन्धन भए पनि वडामा भने तीनै दलबीच प्रतिस्पर्धा हुँदै आएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.