कुशेको वडाध्यक्षमा कांग्रेसका खम्बबहादुर सिंह १५ मतान्तरले विजयी

कुशेको वडाध्यक्षमा कांग्रेसका खम्बबहादुर सिंह १५ मतान्तरले विजयी
सुन्नुहोस्

जाजरकोट : जाजरकोटको कुशे गाँउपालिका वडा नम्बर ७ को वडाध्यक्षमा नेपाली काँग्रेसका खम्बबहादुर सिंह १५ मतान्तरले विजयी भएका छन् । काँग्रेस उम्मेदवार सिंहले ३ सय ४७ मत प्राप्त गरि विजयी भएका हुन् । 

उनका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका डम्बरबहादुर घर्तीले ३ सय ३२ मत प्राप्त गरेका छन् । एक हजार ३ सय २ मतदाता रहेको सो वडामा आइतवार भएको उपचिर्वाचनमा ९ सय ५६ मत खसेको थियो । 

एमालेका गोरखबहादुर नेपालीले २ सय ५२ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका लालबहादुर खत्रीले ७ मत प्राप्त गरेको जिल्ला निर्वाचन अधिकारी नविनकुमार कठायतले जानकारी दिए । १५ मत बदर भएको छ । यो वडा माओवादी केन्द्रले जितेको थियो । वडाध्यक्ष मुनबहादुर घर्तीको निधन भएपछि रिक्त रहेको वडाध्यक्ष पदमा उपनिर्वाचन भएको हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.