दुल्लु नगरपालिका १३ को वडाध्यक्षमा एमालेका लालबहादुर शाही निर्वाचित

दुल्लु नगरपालिका १३ को वडाध्यक्षमा एमालेका लालबहादुर शाही निर्वाचित
दुल्लु–१३को वडाध्यक्षमा निर्वाचित लालबहादुर शाही ।
सुन्नुहोस्

दैलेख : स्थानीय तह उपनिर्वाचन अन्तर्गत दैलेखको दुल्लु नगरपालिका–१३ को वडाध्यक्षमा नेकपा एमालेका लालबहादुर शाही निर्वाचित भएका छन् । उनले पाँच सय ७४ मत प्राप्त गरी उक्त पदमा निर्वाचित भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

नेपाली कांग्रेसका रेशमबहादुर शाहीलाई ३ मतले पराजित गर्दै उनी वडाध्यक्षमा विजयी भएका हुन् । एमालेका शाहीको निकटम् प्रतिद्वन्दी नेपाली काँग्रेसका रेशमबहादुर शाहीले पाँच सय ७१ मत प्राप्त गरेका छन् । 

त्यसैगरी नेकपा माओवादी केन्द्रका ढकेन्द्रबहादुर शाहीले दुई सय ७८, राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) का रामबहादुर शाहीले ५३, राप्रपाका रेशमबहादुर मल्लले १३ र नेमकिपाका पूर्णप्रसाद उपाध्यायले चार मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आइतबार भएको मतदानमा खसेको कुल एक हजार पाँच सय २७ मत गणना हुँदा ३३ मत बदर भएका छ ।

यसअघि यो वडाको वडाध्यक्षमा नेकपा एमाले नै विजयी भएको थियो । २०७९ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेका विर्खबहादुर शाही ८ सय २२ मतसहित वडाध्यक्षमा निर्वाचित भएका   थिए । त्यसबेला नेकपा माओवादी केन्द्रका डम्मरबहादुर शाहीले ५ सय ५०, नेकपा एकीकृत समाजवादीका भीमप्रसाद शर्माले ३६ र नेपाल मजदुर किसान पाटीका मधुसुदन शर्माले ११ मत प्राप्त गरेका थिए । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.