सुनसरीको गढी गाउँपालिका-६ मा कांग्रेस उम्मेदवार विजयी

सुनसरीको गढी गाउँपालिका-६ मा कांग्रेस उम्मेदवार विजयी
सुन्नुहोस्

धरान : सुनसरीको गढी गाउँपालिका–६ मा नेपाली कांग्रेस उम्मेदवार तेतर साहु बिजयी भएका छन् । उनले ८ सय १६ मत प्राप्त गरि निर्वाचित भएका जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिएका छन् । 

साहले माओवादी केन्द्रका उम्मेदवार कुशेश्वर खेरवारलाई २४ मतले पछि पार्दै वडाअध्यक्षमा विजयी बनेका हुन्। माओवादीका खेरवारले ७ सय ९४ मत प्राप्त गरेका छन् । २०७९ को निर्वाचनमा यस वडा जितेको एमाले उपनिर्वाचनमा तेस्रो स्थानमा झरेको छ ।  एमालेका उम्मेदवार शन्तु उरावले ७ सय ७० मत प्राप्त गरेका छन् । 

दोस्रो भएका खेरवार एमालेले वडाअध्यक्षको टिकट नदिएपछि एमाले परित्याग गरी माओवादी प्रवेश गरि वडाअध्यक्षको टिकट लिन सफल भएका थिए । यस वडामा २ हजार ६ सय ४४ मत खसेको थियो । जसमध्य ७५ मत बदर भएको निर्वाचन आयोगले जानकारी दिएको छ । गढी-६ एमालेबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भगवती चौधरीको सुनसरी क्षेत्र नम्बर-३ मा पर्दछ । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.