कनकाई–६ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार ओली निर्वाचित

कनकाई–६ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार ओली निर्वाचित
सुन्नुहोस्

झापा :  झापाको कनकाई नगपालिका–६ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार ओलीले एमालेका तुलराम बस्नेतलाई १३७ मतान्तरले पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका हुन् । 

ओलीले ४९३ मत ल्याएकोमा एमालेका बस्नेतले ३५६ र काँग्रेसका रामगोपाल ओलीले ३१७ मत प्राप्त गरेका छन् । 

त्यस्तै माओवादी केन्द्रका गणेशबहादुर थापाले २७७, राप्रपाका नारायणप्रसाद निरौलाले २६, मङ्गोल नेशनल अर्गनाइजेशनका पदम बहादुर तामाङले २०, जनमत पार्टीका शुकलाल राजवंशीले ९, नागरिक उन्मुक्ति पार्टीका जमुना राजवंशीले ६ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दल बहादुर श्रेष्ठले २ मत ल्याएको निर्वाचन कार्यालय झापाले जनाएको छ ।  स्थानीय तह उपनिर्वाचनअन्तर्गत झापाको कनकाई नगरपालिका–६ मा कुल २ हजार ५८ मतदाता रहेकोमा एक हजार ५१३ मत खसेको थियो । जसमा ८२४ पुरुष र ६८९ महिलाले मतदान गरेका थिए । 

यसअघि एमालेबाट निर्वाचित वडाध्यक्ष विजयी दीर्घबहादुर थापाको ६६ वर्षको उमेरमा गत असारमा निधन भएपछि सो वडामा उपनिर्वाचन भएको हो । त्यसभन्दा अघि नेपाली काँग्रेसबाट लक्ष्मीप्रसाद ओली वडाध्यक्षमा निर्वाचित भएका थिए । अहिले ओली काँग्रेस छाडेर स्वतन्त्र उम्मेदवारी दिएर पुनः वडाध्यक्षमा निर्वाचित भएका हुन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.