ककनी-२ उपनिर्वाचन : माओवादीले विरासत फर्कायो, दोब्बर मतले घिमिरे विजयी

ककनी-२ उपनिर्वाचन : माओवादीले विरासत फर्कायो, दोब्बर मतले घिमिरे विजयी
सुन्नुहोस्

नुवाकोट : नुवाकोटको ककनी गाउँ पालिका २ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । ककनी–२ मा उपनिर्वाचन अन्तर्गत भएको मतदानको मतगणना अनुसार नेकपा माओवादी केन्द्र विजयी भएको छ । 

गत २०७९ को स्थानीय तह निर्वाचनमा काँग्रेसका उम्मेदवार तीलकबहादुर लामासँग थोरै मतले पराजित भएका माओवादी केन्द्रका ३८ वर्षीय  कृष्ण  घिमिरे मिलन विजयी भएका छन् । गत २०७९ को निर्वाचनमा वडाध्यक्षमा विजयी भएका तीलक लामाको गत वर्ष निधन भएपछि सो वडामा उपनिर्वाचन भएको हो । 

मत परिणाम अनुसार नुवाकोटको ककनी–२ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार घिमिरे झण्डै दोब्बर मतले विजयी भएका हुन् । सो वडामा दुईहजार दुई सय ५५ अर्थात् ७१ दशमलव ०६ प्रतिशत मत खसेको थियो । ५१ मत वदर भएको छ । ने 

गत २०७९ को निर्वाचनमा भने घिमिरेले कांग्रेसकै तीलक लामासँग १ सय ५४ मतले हार ब्यहोरेका थिए । त्यतिबेलाको पराजयलाई यो उपनिर्वाचनमा झण्डै दोब्बर मतले बदला लिँदै घिमिरे विजयी भएका हुन् ।

२ हजार २ सय ५५ मतगणनामा घिमिरे १ हजार ८५ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका सुर्य तामाङले ५ सय ८७ मत मात्रै पाएका छन् । ३१ महिना अगाडि विजयी कांग्रेसका तीलक लामाले ८ सय ८८ मत प्राप्त गरेका थिए भने घिमिरेले भने ७ सय ४३ मतमै चित्त बुझाएका थिए ।  

नेकपा (एमाले) का उम्मेद्वार यमबहादुर लामाले ३ सय ६६ मत प्राप्त गर्दै तेस्रो भएका छन् । रास्वपाका मंगलसिद्धी तामाङले ८३, राप्रपाका खेमबहादुर थापाले २८ र समाजवादीका मानबहादुर लामाले २३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय ककनीले जनाएको छ । 

ककनी २ मा वडाध्यक्ष पदका लागि ११ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा थिए ।  ककनी २ को वडाध्यक्षका लागि दुई स्थानमा चार मतदान केन्द्र कायम गरिएका थिए ।
 
कुल तीनहजार एकसय ७३ जना मतदाता रहेको सो वडामा दुई हजार दुइसय ५५ जनाले मत खसालेको जिल्ला निर्वाचन कार्यालय नुवाकोटले जनाएको छ ।  ककनी २ स्थित वडा कार्यालयको 'क' मतदान केन्द्रमा तीनसय ५५, 'ख' मा तीनसय ७९ तथा शिवालय मावि 'क' मतदान केन्द्रमा सातसय ७० र 'ख' मा सातसय ५१ गरि दुईहजार दुई सय ५५ अर्थात् ७१ दशमलव ०६ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी होमबहादुर थापामगरले जानकारी दिए । 

ककनी २ मा गत २०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादीका केदार पौडेल वडाध्यक्षमा विजयी भएका थिए । सो वडामा यस पटक उपनिर्वाचनवाट माओवादीले जित फर्काएको हो ।   


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.