उदयपुरको बेलका-९ मा बदर मत बढी आएपछि मतगणना रोकियो

उदयपुरको बेलका-९ मा बदर मत बढी आएपछि मतगणना रोकियो
सुन्नुहोस्

उदयपुर : उदयपुरका बेलका नगरपालिका वडा नं ९ को वडाध्यक्ष पदमा भएको निर्वाचनमा सोमबार राती १ बजेबाट मतगणना रोकिएको छ । अत्याधिक मात्रामा वदर मत देखिएपछि दलहरूबीच विवाद हुँदा मतगणना रोकिएको हो । 

निर्वाचन अधिकृत मनोजप्रसाद गुप्ताका अनुसार ५०० मतगणना सकिएपछि सदर र बदर मतको विषयमा दलहरूले असन्तुष्टि पोखेर रोकेका हुन् । ५०० मत गणना हुँदा २२० मत बदर भएको छ । 

प्राप्त मतपरिणाम अनुसार नेकपा एमालेको ८५, नेकपा माओबादी केन्द्रको ८० र नेपाली काँग्रेसको ६२ मत रहेको छ । सर्वदलीय बैठकमा चिन्हभन्दा अन्य ठाउँमा संकेत देखिए बदर गर्ने सहमति भएको थियो । सोही मुताबिक गणना प्रकृया अघि बढेको गुप्ताले बताए । 

यता नेकपा माओबादी केन्द्रले भने पुनः मतगणना गर्नु पर्ने माग रोखेको छ । विवाद बढेपछि सहमतिको प्रयास भइरहेको उनले बताए । यद्यपि बदर मतको विषयमा निर्वाचन अधिकृतले केही निर्णय लिन सकेका छैनन् भने सर्वदलीय बैठकसमेत बस्न सकेको छैन् ।

तीन हजार १६७ मतदाता रहेको बेलकामा एक हजार ८८५ मत खसेको थियो । बेलका नगरपालिका वडान. ९ मा ७ जना प्रतिसपर्धामा छन् । बेलकामा नेकपा एमालेका मोहन खड्का, नेपाली काँग्रेसका नवराज बस्नेत, नेकपा माओबादी केन्द्रका भरत घिमिरेले प्रतिसपर्धामा छन् । 

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका तेजमान विक, राप्रपाका टिकाप्रसाद फुँयाल, जनता समाजबादी पार्टीका राजकुमार राई र मंगोल नेशनल अर्गनाईजेसन पार्टीका सुरे तामाङ्गको उमेदवारी रहेको छ । 

गत ०७९ वैशाख २० गते सम्पन्न स्थानीयतह निर्वाचनमा यो वडामा काँग्रेसका पदम खड्का वडाध्यक्षमा निर्वाचित भएका थिए । उनको मोटरसाईकल दुर्घटनामा परेर निधन भएपछि उपनिर्वाचन भएको हो । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.