हुम्लामा अझै मत गणना हुन सकेन
हुम्ला : बिहान साढे ९ बजेबाट मत गणना हुने भनिएको सर्केगाडमा मत गणना कार्य रोकिएको छ। सर्वदलीय बैठक निष्कर्षमा नपुगेपछि मत गणना कार्य रोकिएको हो।
मतदान केन्द्रबाट मतपेटिका पुगे पनि सर्वदलीय बैठकमा बदर तथा सदर दलहरूबीच राय बाँझिएपछि मत गणना कार्य ढिला भएको मुख्य निर्वाचन अधिकृत कार्यालय सर्केगाड हुम्लाले जनाएको छ।
मतपेटिका पुगेको ११ घण्टा बितिसक्दा पनि दलका प्रतिनिधिबीच राय बाझिंदा ढिलासुस्ती भएको छ।