उदयपुरको बेलका ९ मा माओबादीका घिमिरे विजयी

उदयपुरको बेलका ९ मा माओबादीका घिमिरे विजयी
सुन्नुहोस्

उदयपुर : उदयपुरको बेलका नगरपालिका वडा नं ९ को वडाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका भरत घिमिरे विजयी भएका छन् ।

मंगलबार बिहान सम्पन्न मतगणनामा ५५९ मत ल्याएर माओवादीका घिमिरे विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मोहन खड्काले ५२५ मत पाए ।

त्यसैगरी नेपाली काँग्रेसका नवराज बस्नेतले ४०४ मत प्राप्त गरेका छन् । यसअघि उक्त वडामा कांग्रेसबाट पदम खड्का वडाध्यक्षमा निर्वाचित भएका थिए । उनको निधन भएपछि भएको उपनिर्वाचनमा माओबादीले जित निकालेको हो ।

तीन हजार १६७ मतदाता रहेको बेलकामा एक हजार ८८५ अर्थात ६० दशमलव १० प्रतिशत मत खसेको थियो । यो सँगै उदयपुरका दुबै वडामा नेकपा माओबादी केन्द्र विजयी भएको छ । सोमबार सम्पन्न मतगणना अनुसार त्रियुगा १२ को वडाध्यक्षमा माओबादीका नविनकुमार राई विजयी भएका छन् । 

२०७९ को निर्वाचनमा दुबै वडामा नेपाली काँग्रेस विजयी भएको थियो । मोटरसाइकल दुर्घटनामा दुबै वडाका वडाध्यक्षको निधन भएपछि २०८१ म भएको उपनिर्वाचनमा काँग्रेस तेश्रो भएको हो । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.