नेपाल र चीनबीच कुन-कुन विषमा हस्ताक्षर भएका हुन् ?

नेपाल र चीनबीच कुन-कुन विषमा हस्ताक्षर भएका हुन् ?

काठमाडौं : नेपाल  र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर भएको छ। चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छयाङबीच ग्रेट हल अफ पिपलमा बुधबार ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो।

दुई देशबीच व्यापार वृद्धिका लागि नेपालबाट भैंसीको मासु निर्यात गर्ने,टोखा–खहरे टनेल मार्ग निर्माण , नेपालमा चाइनिज ल्याङ्ग्वेज विकास कार्यक्रम सञ्चालन, चीनले बसन्तपुर क्षेत्रमा पुनर्निर्माण गरेको संरचना हस्तान्तरण, चाइना मिडिया ग्रुप र नेपाल टेलिभिजनबीच सहकार्यलगायत विषयमा हस्ताक्षर भएको स्रोतले जनाएको छ।

प्रधानमन्त्री ओली चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणमा सोमबार हिमालयन एयरलाइन्सको चार्टर्ड विमानबाट बेइजिङ गएका थिए। चौथो पटक गत असारमा प्रधानमन्त्री बने यता एमाले अध्यक्ष ओलीको यो चीन भ्रमण राजनीतिक हिसावले पहिलो हो ।

प्रधानमन्त्रीको हैसियतमा ओली २०७३ र २०७५ मा चीन गएका थिए । असारमा प्रधानमन्त्री बनेयता भने प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क गएका थिए ।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.