काठमाडौंविरुद्ध सुदूरपश्चिमको राम्रो सुरुवात
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को पाँचौं दिनको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले पावरप्लेमा राम्रो सुरुवात गरेको छ। टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले १ विकेट गुमाउँदै ४८ रन बनाएको छ।
सुदूरश्चिमले पहिलो ओभरको अन्तिम बलमा आफ्नो पहिलो ओपनर सैब जैबलाई गुमाएको हो। उनलाई राशिद खानले ११ रनमा बोल्ड आउट गरेका हुन्। जैबले ९ बलमा १ चौका प्रहार गरे।
हालः क्रिजमा ओपनर विनोद भण्डारी २० रनमा र ब्रान्डन म्याकमुलेन १५ रनमा खेलिरहेका छन्। काठमाडौंले पहिलो खेलमा चितवन राइनोजविरुद्ध ५ विकेटको हार व्यहोरेको थियो। दोस्रो खेलमा काठमाडौंले कर्णाली याक्सलाई ३ विकेटले पराजित गरेको थियो।
त्यस्तै सुदूरपश्चिमको भने यो दोस्रो खेल हो। पहिलो खेलमा विराटनगर किङ्ग्सलाई ९० रनले पराजित गरेको थियो।
प्रतिक्रिया दिनुहोस !