सुदूरपश्चिमले जोड्यो १० ओभरमा ८८ रन

सुदूरपश्चिमले जोड्यो १० ओभरमा ८८ रन
सुन्नुहोस्

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को पाँचौं दिनको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले १० ओभरमा १ विकेटको क्षतिमा ८८ रन बनाएको छ। टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले १ विकेट गुमाउँदै ४८ रन बनाएको थियो।
 
सुदूरपश्चिमले पहिलो ओभरको अन्तिम बलमा आफ्नो पहिलो ओपनर सैब जैबलाई गुमाएको हो। उनलाई राशिद खानले ११ रनमा बोल्ड आउट गरेका हुन्। जैबले ९ बलमा १ चौका प्रहार गरे। त्यसपछि १० ओभरसम्म सुदूरपश्चिमले कुनै पनि विकेट गुमाएको छैन।

 
दोस्रो विकेटका लागि विनोद भण्डारी र ब्रान्डनले ७१ रनको अविजित साझेदारी गरिरहेका छन्। हालः क्रिजमा ओपनर विनोद भण्डारी ३१ रनमा र ब्रान्डन म्याकमुलेन ४२ रनमा खेलिरहेका छन्।

काठमाडौंले पहिलो खेलमा चितवन राइनोजविरुद्ध ५ विकेटको हार बेहोरेको थियो। दोस्रो खेलमा काठमाडौंले कर्णाली याक्सलाई ३ विकेटले पराजित गरेको थियो। त्यस्तै सुदूरपश्चिमको भने यो दोस्रो खेल हो। पहिलो खेलमा विराटनगर किङ्ग्सलाई ९० रनले पराजित गरेको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.