पावरप्लेमा पोखराले कटायो ८० रन
काठमाडौं : नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सविरुद्ध पोखरा एभेन्जर्सले पावरप्लेमा राम्रो सुरुवात गरेको छ।
टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको लुम्बिनीले दिएको १७१ रनको लक्ष्य पछ्याएको पोखराले बिना कुनै विकेटको क्षति ८० रन बनाएको छ।पोखराका लागि दुवै ओपनर दिनेश खरेलले २६ र एन्ड्रिज गोउसले ४६ रनमा अविजित खेलिरहेका छन्।