लुम्बिनी लायन्सलाई पहिलो झड्का, ललितले लिए विकेट
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को आज पहिलो खेलमा लुम्बिनी लायन्सको पहिलो विकेट गएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्सले दिएको १३७ रनको लक्ष्य पछ्याउनेक्रममा लुम्बिनी लायन्सका आशुतोष घिरैया आउट भएका हुन्।
३.२ ओभरमा ललित राजबंशीको बलमा घिरैयालाई हर्ष ठाकरले क्याच गरेका हुन्। उनले १४ बलमा १ चौकासहित ८ रन बनाए।
टियु क्रिकेट मैदानमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टस जितेर बलिङ रोजेका थिए। अहिले लुम्बिनी लायन्सले ४ ओभरको समाप्तिमा १ विकेटको क्षतिमा २३ रन बनाएर खेलिरहेका छन्।
प्रतिक्रिया दिनुहोस !