अब जनताको अवस्था परिवर्तनमा ध्यान दिनुपर्छ : उपमहासचिव ज्ञवाली

अब जनताको अवस्था परिवर्तनमा ध्यान दिनुपर्छ : उपमहासचिव ज्ञवाली
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले विभिन्न आन्दोलनपछि मुलुकको व्यवस्था परिवर्तन भएपनि जनताको अवस्था भने परिवर्तन हुन नसकेको बताएका छन्।

रामप्रसाद राई स्मृति प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको विचार गोष्ठीमा बोल्दै ज्ञवालीले मुलुकको व्यवस्था परिवर्तनसँगै अब जनताको अवस्था परिवर्तनमा ध्यान दिनुपर्ने समेत बताएका हुन्।

तीन–तीनवटा ठूला परिवर्तनपश्चात पनि जनतामा देखिएका गुनासालाई सम्बोधन गर्नुपर्ने उनले बताए। ज्ञवालीले विभिन्न आन्दोलनपछि मुलुक र जनताको अवस्थामा केही सुधार भएपनि क्रान्तिले लिएको लक्ष्यसम्म भने पुग्न नसकिएको धारणा राखे। परिवर्तनका शक्तिहरूले आफूलाई नियाल्दै आफ्ना काम–क्रियाकलापहरूलाई जनताको जीवनस्तरसँग जोड्न सक्नुपर्ने उनको भनाइ छ।

ज्ञवालीले ७ सालदेखिका क्रान्तिका अभिभाराहरूलाई मुलुकको विकाससँगै जनमुखी कार्यक्रम ल्याएर पुरा गर्न सक्नुपर्नेमा जोड दिए।
उनले २००७ सालको राणाविरुद्धको क्रान्तिमा नेतृत्व गर्नुभएका रामप्रसाद राईका अधुरो सपनाहरूलाई साकार पार्दै अघि बढ्नुपर्ने उल्लेख गरे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.