अराजकता र भ्रष्टाचारविरुद्ध सक्रिय हुन निर्देशन

बीआरआईबाट नेपाललाई लाभ हुन्छ, आर्थिक अवस्था हेरेर ऋण लिएनौं : प्रधानमन्त्री

अहिले ऋण नलिइ सहयोगलाई जोड दियौं

बीआरआईबाट नेपाललाई लाभ हुन्छ, आर्थिक अवस्था हेरेर ऋण लिएनौं : प्रधानमन्त्री
तस्बिर : प्रधानमन्त्री सचिवालय
सुन्नुहोस्

झापा : प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अस्थिरता, अराजकता र भ्रष्टाचारविरुद्ध सक्रिय हुन कार्यकर्ताहरूलाई आग्रह गरेका छन्। एमालेको झापा जिल्ला कमिटीले आज बिर्तामोडमा आयोजना गरेको बृहत् कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले पार्टीभित्र एकता र अनुशासन कायम गर्दै व्यक्तिगतरुपमा उच्च नैतिकता कायम गर्न विशेष ध्यान दिन जोड दिएका हुन्।

उनले झापा विद्रोहको गौरवशाली इतिहास बोकेको कम्युनिष्ट आन्दोलनमा लागेका कार्यकर्ताहरू शान्तिपूर्ण आन्दोलनका क्रममा पनि क्रान्तिकारीपनलाई छाड्न नहुने उनको भनाई छ। उनले भने,‘हामी देशका लागि केही गर्छौं, परिवर्तन गछौँ, गरिबी र पछ्यौटपन हटाएरै छाड्छौँ। परिवर्तन ल्याउन साना प्रयासले हुँदैन। ठूला प्रयास गर्नुपर्छ। यो काम एमालेले मात्रै गर्न सक्छ। अहिलेको संयुक्त सरकार पनि त्यही प्रयासमा लागेको छ।’

अध्यक्ष ओलीले कार्यकर्ताहरुलाई जनतासँगको सम्बन्धलाई निरन्तर बलियो बनाउन र जनताका समस्या बुझेर समाधानमा पहल गर्न सम्झाउँदै भ्रष्टाचार र अराजकता नस्विकार्ने नमुना पार्टीका रुपमा एमालेलाई विकसित गर्नुपर्ने बताए। उनले प्रतिस्पर्धी र विरोधीका गलत आरोपलाई डटेर सामाजिक सञ्जालबाट खण्डन गर्न तथा पार्टीभित्रका आपसी मुटाव भएमा सार्वजनिकरुपमा टिप्पणी नगर्न आग्रह गरे।

‘बीआरआईबाट देशलाई लाभ हुन्छ’
प्रधानमन्त्री ओलीले हालै आफ्नो चीन भ्रमणका क्रममा चीनसँग भएको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआइ) फ्रेमवर्क सम्झौताबाट देशलाई लाभ हुने बताए। हाललाई देशको आर्थिक अवस्था हेरेर ऋण नलिइ सहकार्य र सहयोगलाई बढी जोड दिइएको स्पष्ट पारे। 

‘अहिलेको सरकार देशको अवस्थाप्रति सचेत छ। विकास कसरी गर्नुपर्छ भन्ने हामीलाई थाहा छ। हामीले ऋण लिएर खुरुखुरु घिउ खाने खालका काम मात्रै गर्नु हुँदैछ। कुनै उत्पादन गरेर तिर्न सक्ने अवस्थामा ऋण पनि लिनुपर्छ। बीआरआईलाई ऋण मात्रै वा सहयोग मात्रै भन्ने अर्थमा नभइ व्यापक अर्थमा बुझ्नुपर्छ। हामीले हाम्रो विकासको हितका के उपयोगी हुन्छ, त्यो गर्नुपर्छ।’


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.