पर्यटनको क्षेत्रमा प्रतिफल आउने गरी काम भइरहेको छ : मन्त्री पाण्डे

पर्यटनको क्षेत्रमा प्रतिफल आउने गरी काम भइरहेको छ : मन्त्री पाण्डे
सुन्नुहोस्

अछाम : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले सुदूरपश्चिमलाई प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यमा रुपमा विकास गर्न लागि परेको बताएका छन्। गृह जिल्ला बाजुरा जाने क्रममा सोमबार साँफेबगरमा आयोजित कार्यक्रममा मन्त्री पाण्डेले पर्यटनको क्षेत्रमा दीर्घकालीन परिणाम आउने गरी काम भइरहेको बताएका हुन्। 

उनले सुदूरपश्चिममा रहेका प्रमुख धार्मिक पर्यटकीय स्थलहरु खप्तड, बडिमालिका लगायतका क्षेत्रहरूमा पूर्वाधार विकास गर्न र हवाई सेवा प्रभावकारी बनाउनतर्फ आफ्नो जोड रहेको बताए। मन्त्री पाण्डेले हवाई मार्ग वा सेती राजमार्ग हुँदै प्रमुख धार्मिक आस्थाको केन्द्र रहेको कैलाश मानसरोवर पुग्ने गन्तव्यलाई सहजरुपमा स्थापित गराउन सके लाखौँको संख्यामा नेपाली र गैरनेपाली पर्यटक भित्रिने सम्भावना रहेको बताए।

अछाममा रहेको कमलबजार एयरपोर्टमा परीक्षण उडानको तयारीमा रहेको बताउँदै मन्त्री पाण्डेले परीक्षण उडानले मात्र समस्या समाधान नहुने भन्दै नियमित सञ्चालनका लागि पहल भइरहेको बताए। मन्त्री पाण्डेले सात वटै प्रदेशमा नेपाल एयरलाइन्सका ट्विनेटर विमान सञ्चालनमा ल्याउने विषयमा छलफल भइरहेको बताए। 

उनले भने, ‘जहाजको संख्या निकै कम छ। त्यसलै हवाई सेवा प्रभावकारी हुन सकेको छैन। सरकारी र निजी क्षेत्रको गरी नेपालमा जम्मा ९ वटा मात्र ट्विनेटर विमान छन्। अब सातै वटा प्रदेशले पनि आफैFले विमान सञ्चालन ल्याउने विषयका छलफल भइरहेको छ। प्रदेशका नाम लेखिएका ध्वजावाहक विमान सञ्चालन गर्ने योजना छ। विमान खरिदका लागी संघ र प्रदेशको बजेट,खरिदको पादर्शिता,चलाउने मोडालिटीको विषयमा गहिरो अध्ययन जारी छ। यस विषयका नेपाल एयरलाईन्सले अध्ययन गरिरहेको छ।’ 

उनले र सस्तो र सुलभ तरिकाले हवाई यातायात कसरी सहज बनाउने भन्ने विषय मन्त्रालयको प्राथमिकतामा रहेको बताए। उनले भने,‘संस्कृति संरक्षण, पुराना ऐतिहासिक धार्मिक क्षेत्रहरुको जिर्णद्धार लगायतका कार्य सबै यही मन्त्रालय अन्तर्गत पर्छन्। सुदूरपश्चिम प्रदेश कला संस्कृतिको खानी हो। यसको संरक्षणको प्रमुख दायित्व पनि यही मन्त्रालयको हो।’ 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.