वैद्य नेतृत्वको पार्टीले भन्यो : जनताले चाहेजस्तो संघीयता भएन, संघर्ष गर्छौं
काठमाडौं : मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले जनताले चाहेजस्तो संघीयताका लागि संघर्ष गर्ने निर्णय गरेको छ ।
पहिचानसहितको संघीयता अहिलेको अवश्यकता रहेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेता सीपी गजुरेलले जानकारी दिए । उनले प्रदेश सरकारले काम गर्न नसकेकाले संघीयताका बारेमा भ्रम छर्ने काम भएको बताए ।
उनले अहिले मुलुकमा संकटै संकट रहेकाले यसलाई समाधान गर्न आफूहरू नयाँ शक्तिका साथ बिकल्पको रुपमा अघि बढ्ने गजुरेलले उल्लेख गरे।
महाधिवेशनले पूर्ण केन्द्रीय समिति ११७ जनाको र ९५ जनाको वैकल्पिक केन्द्रीय सदस्य राख्ने, केन्द्रीय परिषद् समेत बनाउने निर्णय गरेको उनले बताए ।