प्रधानमन्त्रीको चीन भ्रमण फलदायी, एमालेले भन्यो, दीर्घकालीन विकासका लागि बीआरआई निकै महत्त्वपूर्ण

प्रधानमन्त्रीको चीन भ्रमण फलदायी, एमालेले भन्यो, दीर्घकालीन विकासका लागि बीआरआई निकै महत्त्वपूर्ण

काठमाडौं : नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण फलदायी भएको निष्कर्ष निकालेको छ। नेकपा एमालेको आज बसेको केन्द्रीय सचिवालय बैठकले प्रधानमन्त्रीको चीन भ्रमण फलदायी भएको निष्कर्ष निकालेको हो। 

बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले दीर्घकालीन विकासका लागि बीआरआई निकै महत्त्वपूर्ण भएको बताए। 

यसैगरी परराष्ट्र मन्त्रालयले आजै नेपाल र चीनबीच भएको बीआरआई फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक गरेको छ। मन्त्रालयले वेबसाइटमार्फत सम्झौता सार्वजनिक गरेको हो। 

प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा हस्ताक्षर भएको बीआरआई कार्यान्वयन सम्झौतापत्रको कपी मंगलबार सार्वजनिक भएको हो। फ्रेमवर्कमा १० वटा परियोजना समावेश गरिएको छ। 

जसमा टोखा-छहरे सुरुङमार्ग, हिल्सा सिमिकोट सडक, किमाथांका खाँदबारी सडक तथा पुल चाइना-नेपाल क्रश बोर्डर रेल्वे प्रोजेक्ट, डडेल्धुराको अमरगढी सिटी हल, जिलोङ-रसुवागढी-चिलिमे २२० केभी प्रशारण लाइन, मदन भण्डारी साइन्स एन्ड टेक्नोलोजी युनिभर्सिटी, काठमाडौं साइन्टिफिक सेन्टर तथा साइन्स म्युजियम, चाइना-नेपाल फ्रेन्डशिप पार्क र झापा स्पोर्ट्स एन्ड एथ्लेटिक्स कम्प्लेक्स छन्।

सम्झौतापत्रको पूर्ण पाठको लागि यहाँ क्लिक गर्नुहोस्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.