उपनिर्वाचनमा कीर्तिपुर नगरपालिका र काठमाडौं-१६ को नतिजा अनपेक्षित आएको एमालेको निष्कर्ष

उपनिर्वाचनमा कीर्तिपुर नगरपालिका र काठमाडौं-१६ को नतिजा अनपेक्षित आएको एमालेको निष्कर्ष

काठमाडौं :  नेकपा एमालेले मंसिर १६ मा भएको स्थानीय तहको उपनिर्वाचनमा कीर्तिपुर नगरपालिका र काठमाडौं-१६ को नतिजा अनपेक्षित आएको निष्कर्ष निकालेको छ। नेकपा एमालेको आज बसेको केन्द्रीय सचिवालय बैठकले कीर्तिपुर नगरपालिका, यसका केही वडा र काठमाडौं १६ को नतिजा अनपेक्षित आएको निष्कर्ष निकालेको हो। 

यस नतिजालाई एमालेले गम्भीरतापूर्वक लिएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए। यसअघि एमालेले जितेका ७ वटा वडामा पद रिक्त भएकोमा  यस पटक एक गाउँपालिका अध्यक्ष र २ उपाध्यक्ष समेत थपिएकोले उपनिर्वाचन उपलब्धीपूर्ण भएको उनले बताए।  तर, दलप्रतिको जनमत फरक देखिएको उनको भनाइ छ। 

दुई वर्षको बीचमा राजनीतिक दलप्रतिको जनमत फरक देखिएको र सहरी क्षेत्रमा सोचेको जस्तो परिणाम नआएको बैठकले निष्कर्ष निकालेको छ।बैठकले शहरी क्षेत्रको जनमतसँग पार्टीलाई अझ बढी जोड्दै लैजानुपर्ने निष्कर्ष निकालेको उनले बताए ।  ‘सहरी क्षेत्रमा सोचेको जस्तो परिणाम आएन। गाउँमा पनि जनमत परिवर्तन भएको छ। यसका लागि जनप्रतिनिधिले काम गर्नुपर्ने देखियो,’ उनले भने। 


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.