उद्योग व्यापार बलियो भए देशको आर्थिक अवस्था बलियो हुन्छ : प्रचण्ड

उद्योग व्यापार बलियो भए देशको आर्थिक अवस्था बलियो हुन्छ : प्रचण्ड
सुन्नुहोस्

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू अनुकूलको आर्थिक क्रियाकलाप गर्न चाहनेविरुद्ध १८ महिना संघर्ष गर्नुपरेको बताएका छन्।

बिहीबार चितवनको भरतपुरमा नेपाल उद्योग व्यापार महासंघको तेस्रो साधारणसभा उद्घाटन कार्यक्रममा प्रचण्डले केहि समूहले आर्थिक क्रियाकलाप सम्बन्धमा प्रधानमन्त्रीलाई डिक्टेट गर्न चाहेको भन्दै आफू त्यो स्वीकार गर्ने पक्षमा नरहेको बताए। आफू १८ महिना प्रधानमन्त्री हुँदा सो समूहसँग लड्दै,संघर्ष गर्दै टिकेकाले गर्व र खुसीको महशुस भएको उनले बताए । 

त्यस्तै प्रचण्डले नेपालमा भएका कृषिमा आधारित उद्योगहरू स्थापना हुनुपर्नेमा भएका पनि बेचेर खाने प्रक्रिया सुरु भएपछि देश पराधिन हुनपुगेको धारणा राखे । अहिलेको अवस्थामा आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको उद्देश्यमा केन्द्रित रहेर उद्योगी तथा व्यवसायी अगाडि बढ्नुपर्ने उनको भनाइ छ । 

प्रचण्डले उद्योग व्यापार बलियो भए देशको आर्थिक अवस्था बलियो हुनुका साथै स्वदेशमा नै रोजगार सिर्जना हुने भएकाले यसमा ध्यान केन्द्रीत गर्न महासंघलाई सुझाव दिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.