सरकार मुलुकको विकासमा केन्द्रित छ : प्रधानमन्त्री ओली

सरकार मुलुकको विकासमा केन्द्रित छ : प्रधानमन्त्री ओली
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकासमा वर्तमान सरकारको ध्यान केन्द्रित रहेको बताएका छन्।

शुक्रबार काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नं. १, २ र ७ का प्रशासनिक भवन र नगर गौरवको आयोजना बहुउद्देश्यीय कपन ह्याण्डल मैदानको समुद्‍घाटन गर्दै प्रधानमन्त्री ओलीले जनतालाई सहजरूपमा जीवनयापन गर्नका लागि बाटाघाटा, विद्युत विस्तार, खानेपानीलगायत विस्तारका कार्य गरेको र सरकारको ध्यान मुलुकको विकासमा केन्द्रित रहेको बताए।

केही मान्छेको सानो स्वार्थमा मुलुकको व्यापक हितलाई आझेलमा पार्न नहुने भन्दै उनले विकासका कामलाई एकताबद्ध भएर अघि बढाउन आग्रह गरे। उनले अहिले असभ्यताको प्रवृत्ति देखिएको र यो नेपालीपन संस्कृति नभएकाले स्वीकार गर्न नसकिने बताए।

उनले राष्ट्रिय एकता कायम गरी देश बनाउने र मुलुकमा सुशासन कायम गर्ने स्पष्ट पारे। प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकासका लागि पूर्वाधार बनाउने काममा तीव्रता दिइएको सरकारको योजनाका साथ काम भइरहेको उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.