माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा कूप्रचार भइरहेको छ : प्रधानमन्त्री ओली

माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा कूप्रचार भइरहेको छ : प्रधानमन्त्री ओली
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले मुलुकका नराम्रा कामको नेतृत्व माओवादीबाट भइरहेको आरोप लगाएका छन्।

शुक्रबार काठमाडौंमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघले आयोजना गरेको राष्ट्रिय भेलामा प्रधानमन्त्री ओलीले कूप्रचार गर्ने, मुद्दा हाल्ने, जनतालाई दुःख दिने काम माओवादीको नेतृत्वमा भइरहेको आरोप लगाए। एमाले र त्यसका अध्यक्षविरुद्धको कूप्रचारमा सक्रिय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र प्रचण्डको नेतृत्व सक्रिय रहेको उनको भनाइ छ।

उनले आफूवरुद्धको विष काठमाडौं बसेर पचाइदिने बताए। उनले प्रचण्डले नै भ्रष्टाचारीको संरक्षण गरेको टिप्पणी गर्दै त्यसको आरोप भने आफूलाई लगाएको धारणा राखे। भ्रष्टाचारीलाई काँध हाल्ने काम प्रचण्डले गरेको उनको भनाइ छ। ओलीले अहिले सामाजिक सञ्जालमा प्रविधिको प्रयोग गरेको आफ्नो आवाजको दुरुपयोग भएको र आफ्नै पार्टीका नेताहरूसमेत भ्रममा परेको बताए।

उनले देशमा स्थिरताका लागि कांग्रेस-एमालेबीच सरकार बनेको जिकिर गरे। समावेशीता र समतामूलक समाज निर्माण गर्दै राष्ट्रिय एकता कायम गर्नु आफूहरूको मूल मन्त्र भएको उनको भनाइ छ। प्रधानमन्त्री ओलीले पछाडि परेका समुदायलाई माथि पुर्‍याउन संविधानको मौलिक हकहरूको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्नेमा समेत जोड दिए।
 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.