पोखराको तेस्रो विकेट पतन, कप्तान भुर्तेल आउट
काठमाडौं : नेपाल प्रिमियर लिगको जारी खेलमा पोखरा एभेन्जर्सको तेस्रो विकेट पतन भएको छ। कप्तान कुशल भुर्तेल ७ रन बनाएर आउट भएका हुन्।
१० बल खेलेका उनले १ चौका प्रहार गरे। काठमाडौंका रासिद खानले उनलाई बोल्ड गरेका हुन्। यसअघि रासिदले दिनेश खरेललाई एलबीडब्लु आउट गरेका थिए। खारेलले २५ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ३८ रन बनाए।
त्यस्तै ओपनर एन्ड्रीज गस शून्यमै आउट भए। उनलाई गेहार्ड इरासमसले आउट माइकल लेभिटबाट क्याच गराए।
प्रतिक्रिया दिनुहोस !