पावरप्लेमा काठमाडौं आक्रामक, बनायो ५९ रन
काठमाडौं : नेपाल प्रिमियर लिगमा काठमाडौं गुर्खाजले आक्रामक सुरुवात गरेको छ। पावरप्लेमा काठमाडौंले एक विकेटको क्षतिमा ६२५९ रन बनाएको हो।
काठमाडौंका लागि माइकल लेभिट र स्टेफेन इस्कीनाजीले आक्रामक सुरुवात गरेका हुन्।
३२ रनमा आउट भएका माइकल लेभिटले १८ बलमा १ छक्का र ६ चौका प्रहार गरे। त्यस्तै स्टेफेन १६ बलमा ४ चौकासहित २६ रनमा खेलिरहेका छन्।
पोखरा एभेन्जर्सका विपिन खत्रीले विकेट लिँदै सफलता दिलाएका हुन्। पोखराले काठमाडौंलाई १३९ रनको लक्ष्य प्रस्तुत गरेको छ।
प्रतिक्रिया दिनुहोस !