संघीयता कार्यान्वयनमा युवा वर्गले सशक्त भूमिका निर्वाह गर्नुपर्छ

संघीयता कार्यान्वयनमा युवा वर्गले सशक्त भूमिका निर्वाह गर्नुपर्छ
सुन्नुहोस्

काठमाडौं : उपराष्ट्रपति रामसहाय प्रसाद यादवले संघीयता कार्यान्वयनमा युवा वर्गले सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्। 

शनिबार काठमाडौंको टुँडिखेलमा आयोजना गरिएको ३० औँ महानगर दिवसको मुल समारोहमा बोल्दै उपराष्ट्रपति यादवले स्थानीय निकायको सक्रियताबाट जनताले आफ्नै घर आँगनमा सहज सेवा प्राप्त गरेको उल्लेख गर्दै संघीयता कार्यान्वयनमा युवा वर्गले सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका हुन्। नागरिकलाई सरकारप्रति भरोसा गर्न जगाउन काठमाडौं महानगरपालिकाले अहम् भूमिका खेलेको उनले बताए।

गएको आर्थिक वर्षदेखि महानगरपालिकाले कार्यान्वयनमा ल्याएका महानगर गौरवका योजनाले दिगो रणनीतिक विकास र सहजतामा टेवा पुग्ने उनको विश्वास छ। उनले स्वर्णिम योजनाबाट आम नागरिकसँग प्रत्यक्ष जोडिएका स्वास्थ्य, शिक्षा, खेलकुद, सीप तथा क्षमता विकाससहित रोजगार प्रवर्द्धन, वातावरण सुधार र पूर्वाधार कार्यमा तत्काल लाभ प्राप्त हुन सक्ने धारणा राखे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.