उपमहासचिव गुरुङको निर्देशन - पार्टी नेतृत्वमाथि भएका नकारात्मक टिप्पणी र घेराबन्दीविरुद्ध एकजुट हुनू

उपमहासचिव गुरुङको निर्देशन - पार्टी नेतृत्वमाथि भएका नकारात्मक टिप्पणी र घेराबन्दीविरुद्ध एकजुट हुनू
सुन्नुहोस्

काठमाडौं : एमालेका उपमहासचिव एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको विकासमा सरकारले ध्यान केन्द्रित गरेको बताएका छन्।

नेकपा एमाले लमजुङ–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गुरुङले यसअघि अव्यवस्थित भएका कुराहरूलाई व्यवस्थित गर्दै क्रमश मुलुकको विकास गर्ने काममा सरकारको ध्यान केन्द्रित गरेको बताएका हुन्।

अहिले तत्कालै विकासका काम नदेखिएपनि पुराना बिग्रिएका क्षेत्रहरूलाई लयमा ल्याउने काम भएको उनको भनाई छ। उनले अर्थतन्त्र अझै पनि संकटमा रहेको र थप बिग्रनतर्फ जाने अवस्थालाई रोकिएको जिकिर गरे ।

गुरुङले एमाले सरकारले गरेका सुधारका कामलाई जनतामाझ लैजानुपर्ने बताए । एमाले सरकारमा गएपछि पार्टी नेतृत्वमाथि भएका नकारात्मक टिकाटिप्पणी र घेराबन्दीविरुद्ध नेता तथा कार्यकर्ता एकजुट हुनुपर्ने उनको भनाइ छ । गुरुङले नेतृत्व र सरकारविरुद्ध घेराबन्दी बढेपछि प्रतिवाद गर्न एमालेले काठमाडौंमा गरेको सभामा समेत नेता तथा कार्यकर्ताको न्यून उपस्थिति भएको भन्दै असन्तुष्टि जनाए।

हालैको सभामा माधव नेपालले पार्टी टुक्राएर जाँदा गरेको सभा भन्दा आधा कम कार्यकर्ता सहभागी भएको उनले बताए। उनले पार्टीभित्र देखिएका गल्ती कमजोरीलाई स्विकार गरेर आगामी दिनमा सुधार गर्न ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.