नेपाल र भारत नबन्दै हिमावतखण्डमा विश्वविद्यालय थिए : प्रधानमन्त्री ओली

ओलीले सम्झिए नालन्दा विश्वविद्यालय

नेपाल र भारत नबन्दै हिमावतखण्डमा विश्वविद्यालय थिए : प्रधानमन्त्री ओली
सुन्नुहोस्

ओलीले भारतको पटनास्थित इन्डियन इन्स्टिच्यूट अफ टेक्नोलोजीसँग काठमाडौं विश्वविद्यालयको सम्बन्ध बन्न लागेकोमा धन्यवाद समेत दिए।

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारत नहुँदै हिमवतखण्डमा हजार वर्ष अगाडि नै विश्व विद्यालय स्थापना भएको बताएका छन्। धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको ३० औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपतिसमेत रहेका ओलीले २५ सय वर्ष अगाडि नै यस क्षेत्रमा नालन्दा विश्वविद्यालय लगायतले विभिन्न १० विश्वविद्यालय रहेको स्मरण गरेका हुन्। 

उनले हिमवतखण्डको धर्तिको यो भूखण्डमा २८ सय वर्ष अगाडि विश्वविद्यालय स्थापना भएको उल्लेख गरे। उनले भने,‘हामीले यो धर्तिको भुखण्डलाई बिर्सनु हुँदैछ। २८ सय वर्ष अगाडि नै यहाँ विश्वविद्यालय बनेको थियो। यस ठाउँमा निस्किएका विश्वविद्यालयले असाधारण विश्वविद्यालय  मोर्डन इकोनिमिक्सका गुरु भनेर हिजो अस्तिकोलाई भन्छौं तर हाम्रो क्षेत्रमा धेरै पहिले नै वैज्ञानिक थिए। विश्वविद्यालय थिए।’

नालन्दा संसारको प्राचीनतम शिक्षा केन्द्र हो। उनले भने,‘मैले चिफ गेस्टसँग भर्खरै कुरा गरे, नालन्दा विश्व विद्यालय र अन्य १० विश्वविद्यालय यहाँ रहेका छन्। नेपाल र भारतको नामाकरण नभइ हिमावत खण्ड हुँदा नै विश्वविद्यालयहरू हजार वर्ष अगाडि थिए। पश्चिममा होइन अक्सफोर्ड विद्यालय त अस्ति भर्खरको हो।’

उनले काठमाडौं विश्वविद्यालयको जहाँ जहाँ पुगेपनि सम्बन्ध रहेको बताए। प्रधानमन्त्री ओलीले भारतको पटनास्थित इन्डियन इन्स्टिच्यूट अफ टेक्नोलोजीसँग  काठमाडौं विश्वविद्यालयको सम्बन्ध बन्न लागेकोमा धन्यवाद समेत दिए।

उनले विश्व विद्यालय ज्ञानको मन्दिर र उद्गमस्थल भएको बताए। उनले नेपाल ज्ञान, ध्यान शिक्षाको फैलावट भएको स्थान भएको उल्लेख गरे। प्रधानमन्त्री ओलीले धर्तीको २१ प्रतिशत हिमाल ‘कालापत्थर’ बन्न लागेकोमा चिन्ता व्यक्त गरे।

‘अरूका गल्तीले धर्तीका भूभाग मरुभूमि बन्दैछ, यसका लागि हामी वातावरणीय न्यायका लागि लडिरहेका छौँ, कालपत्थरमा परिणत हुँदै गएका हिमालको पुरानो स्वरूपमा ल्याउने विषयप्रति गम्भीर हुँदै जलवायु परिर्वतनका विषयमा पनि ध्यान दिन आवश्यक छ।’
 
उनले ‘क्लाइमेट मेन्टेन’ हुनुपर्ने विषयमा जोड दिँदै आएको जानकारी दिए।

null

कार्यक्रममा भारतको पटनास्थित इन्डियन इन्स्टिच्यूट अफ टेक्नोलोजीका निर्देशक प्रोफेसर त्रिलोकनाथ सिंहले नेपाल–भारतको इतिहास र भूगोलमा असाधारण सम्बन्ध रहेको उल्लेख गरे।

उनले व्यापार, शिक्षा र अनुसन्धानका क्षेत्रमा भएको पारस्परिक सम्बन्ध र नवप्रवर्तनका क्षेत्रमा दुई देशको साझेदारीले साझा प्रगति र दीगो विकासका मार्ग प्रशस्त गरेको बताए। उनले भने, ‘दुई देशबीचका उदाहरणीय परियोजनाले पनि राष्ट्रबीचको विश्वास र साझेदारीको गहिरो भावनालाई पनि उत्प्रेरित गर्न सक्छ भन्न सकिन्छ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.