केन्द्रीय सदस्यको कार्यविभाजन र कार्ययोजना बनाउँदै एकीकृत समाजवादी

केन्द्रीय सदस्यको कार्यविभाजन र कार्ययोजना बनाउँदै एकीकृत समाजवादी
फाइल तस्बिर ।
सुन्नुहोस्

काठमाडौं : नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको बैठकमा केन्द्रीय सदस्यहरूको कार्य विभाजन र आगामी कार्य योजनाका बारेमा शनिबार पनि छलफल भएको छ। पार्टी कार्यालय आलोकनगरमा बसेको बैठकमा आगामी कार्ययोजनाका साथै कार्यविभाजनका विषयमा छलफल भएको हो।

स्थायी कमिटीका सदस्यहरूले पार्टीको आगामी कार्ययोजना निर्माण गर्ने विषयमा आफ्ना धारणाहरू प्रस्तुत गरेका छन्।

शनिबार बैठकमा जगन्नाथ खतिवडा, जयन्ती राई, गङ्गालाल तुलाधर, चन्द्र बहादुर शाही, कल्याणी खड्का लगायतले धारणा राखेका छन्।

उनीहरूले पार्टीका नीतिको प्रचार गर्ने, पार्टीको सुदृढीकरण गर्ने, आगामी निर्वाचनहरूमा शानदार विजय प्राप्त गर्ने र राजनीतिक तथा भूराजनीतिक चुनौतीहरूको सामना गर्ने लगायतका विषयमा धारणा राखेको पार्टी नेता जगन्नाथ खतिवडाले जानकारी दिए। स्थायी कमिटीको बैठक आइतबार सम्पन्न गर्ने प्रवक्ता खतिवडाले बताए।

अब अध्यक्ष, वरिष्ठ नेताहरु र महासचिवले धारणा राख्न बाँकी रहेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.