नुवाकोट पत्रकार महासंघमा दुई अध्यक्ष, समान मत पाएपछि आलोपालो नेतृत्व

नुवाकोट पत्रकार महासंघमा दुई अध्यक्ष, समान मत पाएपछि आलोपालो नेतृत्व
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

नुवाकोट : नेपाल पत्रकार महासंघको २७ औं महाधिवेसनअन्तर्गत भएको निर्वाचनमा नुवाकोटमा नयाँ नेतृत्व चुनिएको छ । अध्यक्षका प्रत्यासीहरू नवराज सुवेदी र रामहरि गजुरेलले बराबर अर्थात् ३३ मत पाएपछि कार्यकाल पनि बराबरी बाँडेर दुबैजनालाई विजयको प्रमाणपत्र प्रदान गरिएको निर्वाचन समितिका संयोजक राममणी अधिकारीले जानकारी दिए 

अध्यक्ष पदमा प्रेस चौतारी र प्रेस युनियनका साझा उम्मेदवार सुवेदी र प्रेस संगठन र समावादी प्रेस संगठनको संयुक्त उम्मेदवार गजुरेल चुनावमा भिडेका थिए । 

निर्वाचनको मत परिणामपछि शनिबार बेलुकी उम्मेदवारसहितको सर्वपक्षीय सहमति अनुसार निर्वाचन समितिले दुवै अध्यक्षलाई कार्यकाल अवधिको मिति नै तोकेर प्रमाणपत्र वितरण गरेको छ । जसअनुसार पहिलो कार्यकालको नेतृत्व सुवेदीले लिनेछन्। 

प्रमाणपत्र पाएपछि दुवै अध्यक्षले निर्वाचन एउटा प्रक्रिया मात्र भएको जनाउँदै अब पत्रकार र पत्रकारिताको स्तर वृद्धिका लागि एकतावद्ध भई अगाडि बढ्ने विश्वास व्यक्त गरे।

नयाँ नेतृत्वका लागि अध्यक्षसहित सबै पदमा मतदान भएको थियो । कुल ८० मतदाता रहेकोमा ६९ मत खसेको निर्वाचन समितिले जनाएको छ । पत्रकार महासंघ नुवाकोटको उपाध्यक्षमा प्रेस संगठनका जगदीश खनाल ,महिला उपाध्यक्षमा प्रेस युनियनकी आत्मा गुरागाई विजयी भएका छन्। 

सचिवमा सुनिल श्रेष्ठ, सहसचिवमा केदारकुमार ढकाल र मनिषा सापकोटा तथा कोषाध्यक्षमा सुरज सिलवाल विजयी भएका छन्। 

सदस्यहरूमा करुणा लामिछाने,पार्वती विक,सुनिता गुरुङ,अन्जली प्याकुरेल,प्रल्हाद पुडासैनी,पुण्यप्रभा ढुंगाना,शिवराम भण्डारी र सज्जनउत्सुक सापकोटा विजयी भए । महासंघको केन्द्रीय परिषद् सदस्यमा देवचन्द्र भट्ट र  विष्णु तारुके जम्कट्टेल विजयी भए । बागमती प्रदेश परिषद् सदस्यमा आषिश ढुङ्गाना,किरणप्रसाद अधिकारी,भरतसन्तोषी लामा, विनय बञ्जारा  विजयी भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.