कम्बोडियाका समकक्षीसँग पर्यटनमन्त्रीको भ‍ेट, भैरहवा- कम्बोडिया सिधा उडानको प्रस्ताव

कम्बोडियाका समकक्षीसँग पर्यटनमन्त्रीको भ‍ेट, भैरहवा- कम्बोडिया सिधा उडानको प्रस्ताव
सुन्नुहोस्

काठमाडौं : संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले कम्बोडिया–भैरहवा –कम्बोडिया सिधा उडानको प्रस्ताव गरेका छन्। कम्बोडियाका संस्कृति तथा धार्मिक मामिला मन्त्री चाई बोरिनसँग आइतबार भएको शिष्टाचार एवं विदाई भेटघाटका क्रममा मन्त्री पाण्डेले कम्बोडिया–भैरहवा –कम्बोडिया सिधा उडानको प्रस्ताव गरेका हुन्।

मन्त्री पाण्डेले सरकारले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीलाई दिएको सहुलियतकाबारे समेत जानकारी गराएका थिए। पर्यटन प्रवर्द्धनका लागि दुवै देशबीचमा कला, संगीत, र साहित्यमा सहकार्य तथा सांस्कृतिक महोत्सव कार्यक्रम र पर्यटन बोर्डहरूबीच साझेदारी गर्न सकिने  विषयमा  छ्लफल भएको थियो । 

यस्तै  दुवै देशका युनेस्को विश्व सम्पदा क्षेत्रहरूको संरक्षण र प्रवर्द्धनमा सहकार्यको सम्भावना,सांस्कृतिक समझदारी र सद्भावलाई गहिरो बनाउने उद्देश्यले युवा र शैक्षिक आदानप्रदानका सम्भावनालगायतका विषयमा छलफल भएको पर्यटनमन्त्रीको  सचिवालले जनाएको छ।

यस्तै पारस्परिक पर्यटनलाई प्रोत्साहित गर्न प्रत्यक्ष उडानहरू र भिसा प्रक्रियामा सहजीकरणको आवश्यकताबारे समेत दुई मन्त्रीबीच चर्चा भएको थियो । संस्कृति तथा धार्मिक मामिला मन्त्री चाई बोरिनले मन्त्री पाण्डेलाई कम्बोडियाको औपचारिक भ्रमणको निम्ता समेत दिएका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.