कांग्रेसप्रति जनताको आशालाई निराशामा बदल्न दिनुहुँदैन : उपप्रधानमन्त्री सिंह

कांग्रेसप्रति जनताको आशालाई निराशामा बदल्न दिनुहुँदैन : उपप्रधानमन्त्री सिंह
सुन्नुहोस्

काठमाडौं : उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले कांग्रेसप्रति जनतामा रहेको आशालाई निराशामा बदल्ने अवस्था आउन दिन नहुने बताएका छन्।  आइतबार काठमाडौंमा कांग्रेसको सय दिने अभियानअन्तर्गत काठमाडौं -३१ मा आयोजित कार्यक्रममा कांग्रेसका नेता समेत रहेका सिंहले जनताको अधिकार प्राप्तिका लागि नेतृत्वदायी भूमिका निर्वाह गरेको कांग्रेस पार्टीप्रति अहिले पनि जनताको ठूलो आशा रहेको भन्दै निराशामा बदल्ने अवस्था आउन दिन नहुने बताएका हुन्।

उनले कांग्रेसकै नेता तथा कार्यकर्ताहरूले पार्टी हित विपरित बोल्दा त्यसलाई जनतामा नकारात्मक नजिता देखिने भएकाले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने धारणा राखे। कांग्रेसका संगठनमा देखिएका कमजोरीलाई सच्चाएर अघि बढ्नुपर्ने उनले बताए।

उनले संगठनकै माध्यमबाट जनप्रतिनिधि बनेकाले संगठनलाई बेवास्ता गर्न नहुने उल्लेख गरे।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.