गुठीको संरक्षण गर्न कानुन बनाउनुपर्छ भन्दा मविरुद्ध भ्रम फैलाएर विरोध गरियो : प्रधानमन्त्री ओली

गुठीको संरक्षण गर्न कानुन बनाउनुपर्छ भन्दा मविरुद्ध भ्रम फैलाएर विरोध गरियो : प्रधानमन्त्री ओली
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले गुठीको संरक्षण गर्न कानुन बनाउनुपर्छ भन्दा आफूविरुद्ध भ्रम फैलाएर विरोध भएको टिप्पणी गरेका छन्। ज्यापु संस्कृति विकास कोषद्वारा आज वसन्तपुरमा आयोजित २१ औँ राष्ट्रिय ज्यापु दिवसको समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गुठीलाई व्यवस्थित बनाउने विषय उठाउँदा आफूमाथि प्रहार भएको बताएका हुन्। 

उनले भ्रष्टाचारमा उजुरी परेकामाथि २० औँ वर्षसम्म कारबाही नभएकाले सकेसम्म छिटो र बढीमा पाँच वर्षभित्र छिनोफानो हुनुपर्छ भन्दा बचाउन खोजेको भनेर गलत प्रचार गरिएको भन्दै आपत्ति जनाए। 'गुठीको संरक्षण गर्न कानुन बनाउनुपर्छ भन्दा मविरुद्ध भ्रम फैलाइएर विरोध गरियो। प्रहार गरियो। भ्रष्टाचारमा उजुरी परेका माथि २० औँ वर्षसम्म होइन सकेसम्म छिटो र बढीमा पाँच वर्षभित्र छिनोफानो हुनुपर्छ भन्दा भ्रष्टाचार गरेकालाई बचाउन खोज्यो भनेर गलत प्रचार गरियो। यस्ता हल्लाहरु नेपालमा भाँडभैलो मच्याउने प्रयासका उपज हुन्।', प्रधानमन्त्री ओलीले भने, 'नेपाल भाँड्नका लागि  र हाम्रो एकता भत्काउनका लागि कतिपयले हल्ला गर्ने गरेका छन् तर हामी साम्प्रदायिक विद्षका पछाडि होइन, सामाजिक सद्भावमार्फत राष्ट्रिय एकता ल्याउन चाहान्छौँ। यो जातलाई खेद, अर्को जातलाई खेद भन्दैनौँ। बैँकको ऋण नतिर भन्दैनौँ। नयाँ नेपाल निर्माणको महान अभियानमा हामी छौं। नेपाललाई गरिबीबाट समृद्धि र सुखी बनाएरै छाड्नेछौँ।'

null

उनले राजनीतिक अस्थिरता अन्त्य गर्दै देशलाई विकृतिबाट सुकृतितर्फ लानका लागि वर्तमान संयुक्त सरकार बनेको स्पष्ट पारे। मुलुकमा भएको राजनीतिक परिवर्तनलाई धरापमा पार्ने र परिवर्तनमा योगदान गरेका दललाई अनावश्यक भ्रम फैलाएर बद्नाम गर्ने कोसिस भएकाले ठुई ठंला दलको सहकार्यमा सरकार बनेको बताए। 

प्रधानमन्त्री ओलीले सबै जाति, भाषी, आस्था र विश्वासका मानिस एकजुट भएर समाजलाई सभ्य र एकताबद्ध बनाउन आवश्यक रहेको बताए। सामाजिक सञ्जालमा सुन्न र हेर्न नसकिने भाषा होइन, सभ्य  र सुसंस्कृत हुँदै आत्मीयता र  भात्रृत्वका साथ नेपाल र नेपालीको एकता बचाउन पनि आग्रह गरे। 

‘नेवारी संस्कृतिले विश्वमा पहिचान दिएको छ’

नेपालका सबै संस्कृतिभन्दा नेवारी संस्कृति इतिहास, निरन्तरता र मौलिक संस्कृति भएको संस्कृति भएको उल्लेख गर्दै उहाँले ज्यापु संस्कृतिलाई अगाडि बढाउन सफलता मिलोस् भनी कामना गरे। राज्यकोषमा धेरै रकम नभए पनि ज्यापु दिवस मनाउन नेपाल सरकार, मन्त्रिपरिषद्बाट रु १० लाख सहयोगको निर्णय गरेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले ज्यापु गुठीका लागि अक्षयकोषमा सक्दो रकमवृद्धि गर्ने विश्वास दिलाए। उनले नेवारी संस्कृति र परम्परताले विश्वमा बेग्लै पहिचान दिएर राष्ट्रिय गौरव बढाउन योगदान दिएको बताए।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.