६ बुँदे संकल्प प्रस्ताव पारित

एमालेले ‘जनतासँग जनसंगठन अभियान’ सञ्चालन गर्ने, कु-प्रचारको प्रतिवादमा उत्रने

एमालेले ‘जनतासँग जनसंगठन अभियान’ सञ्चालन गर्ने, कु-प्रचारको प्रतिवादमा उत्रने

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ‘जनतासँग जनसंगठन अभियान’ सञ्चालन गर्ने निर्णय भएको छ। नेकपा (एमाले) केन्द्रीय संगठन विभागद्वारा आयोजित ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक राष्ट्रिय कार्यशालापछि ६ बुँदे संकल्प प्रस्ताव पारित गरेको संगठन विभागका सचिव माधवप्रसाद ढुंगेलले जानकारी दिए।

उनले संकल्प प्रस्तावमा माघ, फागुन, चैत गरी तीन महिना वडा तहमा पुग्ने निर्णय भएको बताए। २०८२ को पार्टी सदस्यता नवीकरण २०८१ को चैत्रभित्रै गर्ने एमालेको घोषणा छ।

ढुंगेलले आज जारी गरेको विज्ञप्तिमा कार्यशालाको पहिलो दिन पार्टी महासचिव शंखर पोखरेलले पार्टी केन्द्रले बनाएको वार्षिक कार्ययोजनाको अभिमुखीकरण र संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले कार्यशालाको मुख्य विषयको रुपमा कार्यपत्र प्रस्तुत गरेको र  दोस्रो दिन बिहानैबाट समूहगत छलफलका रिपोर्टको प्रस्तुति गरिएको उल्लेख छ। 

null

‘यो कार्यशाला २०८१ चैत्रसम्ममा एक राष्ट्रिय युवा महोत्सवको आयोजना गर्न पार्टी केन्द्रसँग आग्रह गर्दछ।’ जारी विज्ञप्तिमा भनिएको छ,‘यो कार्यशाला पार्टी र नेतृत्वका विरुद्धका षडयन्त्र र कु-प्रचारको जमेर प्रतिवाद गर्दै पार्टी नीति, नेतृत्व र राजनीतिक कार्य दिशालाई जनताकाबीच स्थापित गर्ने संकल्प गर्दछ।’ 

के-के छन् कार्यशालाको घोषणामा ?

  • १. यो राष्ट्रिय कार्यशाला निर्णयक राष्ट्रिय शक्ति निर्माणको लागि माघ देखि चैत्र सम्म ३ महिने ‘वडा केन्द्रित अभियान’ सञ्चालन गर्ने संकल्प गर्दछ।
  • २. यो राष्ट्रिय कार्यशाला आधारभूत तहसम्म कमिटी निर्माण गर्ने र सदस्यता विस्तार सँगसँगै ‘जनतासँग जनसंगठन अभियान’सञ्चालन गर्ने संकल्प गर्दछ।
  • ३. यो कार्यशाला २०८२ को पार्टी सदस्यता नवीकरण २०८१ को फाल्गुण चैत्र महिनाभित्रै विधिसम्मत र प्रक्रिया सम्मत ढंगले सम्पन्न गर्ने संकल्प गर्दछ।
  • ४. यो कार्यशाला २०८१ भित्रै सम्पूर्ण पार्टी सदस्यहरूलाई अनलाइनमा ल्याउने संकल्प गर्दछ।
  • ५. यो कार्यशाला २०८१ चैत्रसम्ममा एक राष्ट्रिय युवा महोत्सवको आयोजना गर्न पार्टी केन्द्रसँग आग्रह गर्दछ। 
  • ६.यो कार्यशाला पार्टी र नेतृत्वका विरुद्धका षडयन्त्र र कु-प्रचारको जमेर प्रतिवाद गर्दै पार्टी नीति, नेतृत्व र राजनीतिक कार्य दिशालाई जनताका बीच स्थापित गर्ने संकल्प गर्दछ।


 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.