महासंघमा पहिलो महिला नेतृत्व

नेपाल पत्रकार महासंघको अध्यक्षमा शर्मा र महासचिवमा दाहाल निर्वाचित, कसको कति मत ? (नामावलीसहित)

नेपाल पत्रकार महासंघको अध्यक्षमा शर्मा र महासचिवमा दाहाल निर्वाचित, कसको कति मत ? (नामावलीसहित)
सुन्नुहोस्

काठमाडौं : नेपाल पत्रकार महासंघको इतिहासमा पहिलोपल्ट महिला नेतृत्व पुगेको छ । नेपाल प्रेस युनियन–प्रेस चौतारी नेपाल प्यानलबाट प्रतिस्पर्धा गरेकी निर्मला शर्मा ४ हजार २ सय ८२ मतसहित महासंघको अध्यक्षमा विजयी भएकी छन् । बागी बनेर उठेका रमेश विष्टले ३ हजार २ सय ३ मत ल्याएका छन् । 

वरिष्ठ उपाध्यक्षमा युनियन चौतारी प्यानलका दीपक आचार्य ४ हजार २ सय ३० मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी रोशन पुरीले २ हजार ८ सय ८६ मत ल्याए । 

उपाध्यक्ष महिलामा नितु पण्डितले ४ हजार ७ सय ५ मत ल्याई विजयी भइन् । समावेशी उपाध्यक्षमा उमीदप्रसाद बागचन्दले ४ हजार २ सय ९२ मत ल्याएर निर्वाचित भए । 

त्यस्तै महासचिवमा संयुक्त प्यानलबाटै रामप्रसाद दाहालले ४ हजार ८४ मत ल्याई विजयी भएका छन् । अध्यक्ष शर्माको टिममा निर्वाचितमध्ये महिला सचिवमा सोनी शर्मा, सचिव (आदिवासी) सविन प्रियासन, सचिव (मधेसी) अशोककुमार तिवारी, सचिव (दलित) प्रकाश धौलाकोटी, एसोसिएट सचिवमा बैकुण्ठराज पराजुली, कोषाध्यक्षमा रामकृष्ण अधिकारी छन् । अधिकारी भने अर्को प्यानलबाट प्रतिनिधित्व गर्छन् ।

त्यस्तै, सदस्य (मधेसी)मा अन्नपूर्णकर्मी राजकरण महतोले ३ हजार ८ सय ९३ मत ल्याई विजयी भएका छन् । बागमतीतर्फको भूगोलबाट नवराज पथिक र नारायणप्रसाद अधिकारी विजयी भएका छन्।

को–को भए निर्वाचित ? (सूचीसहित)


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.