सत्य निरुपण तथा बेपत्ता आयोगमा पदाधिकारी छनोट सिफारिस समिति नै संक्रमणमा

सत्य निरुपण तथा बेपत्ता आयोगमा पदाधिकारी छनोट सिफारिस समिति नै संक्रमणमा
फाइल तस्बिर ।
सुन्नुहोस्

काठमाडौं : संक्रमणकालीन न्याय प्रक्रियालाई टुंगो पुर्‍याउन गठित सत्य निरुपण तथा मेलमिलाप आयोग एवं बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा अध्यक्ष र सदस्यको नियुक्तिका लागि सिफारिस गर्न गठित समितिका पदाधिकारीबीच मतैक्यता हुन नसक्दा सिफारिस कार्य नै सकसमा परेको छ । 

पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा गठित समितिको आइतबार बसेको बैठक बिना निष्कर्ष टुंगिएको छ । समितिका एक सदस्यले भने, ‘दुवै आयोगको अध्यक्षको विषयमा छलफल भएको छ । कतिपयको पृष्ठभूमि र निजको सम्बन्धमा प्राप्त प्रतिक्रिया समेतको आधारमा टुंगो पुग्न बाँकी नै छ ।’ 

आयोगका अध्यक्षका बारेमा सिफारिस समितिका पदाधिकारीबीच नै मतैक्यता हुन सकेको छैन । अध्यक्ष र सदस्यका लागि आवेदन दिएका ४० जना मध्येबाट अध्यक्ष र सदस्यको नाम सिफारिस गर्नुपर्ने छ । आयोगमा कम्तीमा एक जना महिला रहने गरी अध्यक्षसहित पाँच जना सदस्य रहने छन् । दुवै आयोगका अध्यक्षसहित पाँच ÷पाँच जना सदस्य गरी १० जना सिफारिस गर्नुपर्ने छ । 

गत कात्तिक २ गते सरकारद्वारा गठित समितिका सदस्यहरूमा पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, मानव अधिकार आयोगका आयुक्त मनोज दवाडी, पूर्वराजदूत अर्जुनबहादुर कार्की, जनजाति महासंघकी पूर्वमहासचिव स्टेला तामाङ छन् । सत्य निरुपण र बेपत्ता आयोग २०७९ असारदेखि पदाधिकारीविहीन छन् । सिफारिस समितिका सदस्य एवं प्रवक्ता खम्मबहादुर खातीले सोमबार बिहान बैठक बस्ने जानकारी दिए । खातीले भने, ‘अब बस्ने सिफारिस समितिको बैठकले सिफारिस सम्बन्धमा आवश्यक निर्णय गर्छ ।’ समिति गठन भएको दुई महिनाभित्र अध्यक्ष तथा सदस्यको नाम सिफारिस गर्नुपर्ने कार्यादेश छ । समितिको दुई महिना पुस २ गते पुग्दै छ ।

समितिले दुवै आयोगको अध्यक्षमा नियुक्तिका लागि ८ जना आवेदकको नाम संछिप्त सूचीमा रहेको जनाएको छ । सत्य निरुपण र बेपत्ता आयोगमा ८ जनाको नाम सूचीमा रहेको छ । जसमध्ये अच्युतप्रसाद भण्डारी र विजयसिंह सिजापतिले सदस्यका लागि समेत आवेदन दिएका छन् । 

त्यस्तै डिल्लीराज आचार्य, काशीराज दाहाल, शेरबहादुर केसी, सुदीप पाठक, महेश थापा, विश्वराज कोइरालाको नाम अध्यक्षमा सूचीकृत छ । आचार्य, थापा र कोइरालाको नाम बेपत्ता आयोगमा पनि अध्यक्षमा सूचीकृत छ । पूर्वन्यायाधीशसमेत रहेका आचार्यलाई दुई आयोगमध्ये कुनै एकमा सिफारिसका लागि पदाधिकारीहरू सर्वसम्मत देखिएको स्रोतको दाबी छ । अर्का पूर्वन्यायाधीश भण्डारीले दुवै आयोगमध्ये कुनै एक आयोगमा सदस्यका लागि पनि तयार देखिएको स्रोतले जनाएको छ । 

सिफारिस समितिका एक सदस्यले थपे, ‘मानव अधिकार, शान्ति, कानुन, द्वन्द्व व्यवस्थापन र समाजशास्त्रको क्षेत्रमा अनुभव भएका व्यक्तिलाई पनि समावेश गरेर सिफारिस गर्नुपर्नेमा पदाधिकारीहरू सर्वसम्मत देखिएको छन् । 

न्याय निरुपण गरेका पूर्वन्यायाधीशहरूलाई पनि समावेश गराउने गरी निर्णय गर्छौं ।’ दुवै आयोगमा सदस्यमा ३३ जना आवेदकको संक्षिप्त सूची बनाइएको छ । जसबाट ४/४ जना सिफारिस गर्नुपर्ने छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले टीआरसीसम्बन्धी विधेयकहरू पारित भएपछि ऐनको व्यवस्थाबमोजिम शान्ति प्रक्रियालाई टुंगोमा पु‍र्‍याउन प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गरेर त्यसबारे सहमति जुटाएका थिए । बेपत्ता व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक संसद्का दुवै सदनबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको छ । 

प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको छलफलपछि मात्र आयोगका अध्यक्षको निक्र्यौल हुने समितिका एक सदस्यले बताए । ती सदस्यले भने, ‘सिफारिस समितिले आयोगको पदाधिकारीमा नियुक्तिका लागि सम्भावित व्यक्तिको नाम सरकारलाई सिफारिस गर्छौं । र, त्यसपछि उक्त सिफारिसका आधारमा दुवै आयोगमा पदाधिकारीहरू नियुक्त गर्छ ।’
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.