काठमाडौं महानगरमा आज शोक बिदा
काठमाडौं : काठमाडौं महानगरपालिकाले आज शोक बिदा दिएको छ। काठमाडौं नगरपालिकालाई संवत् २०५२ मंसिर २९ गते महानगरपालिका घोषणा गर्ने पूर्व प्रमुख पिएल सिंहको आज बिहान निधन भएपछि महानगरले शोक बिदा दिएको जनाएको छ।
महानगरले मातहतका कार्यालय पनि बन्द रहने जनाएको छ। ‘पूर्व प्रमुख पिएल सिंहको आज बिहान निजी निवासमा असामियक निधन भएकोमा काठमाडौँ महानगरपालिका परिवार उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ। जारी सूचनामा भनिएको छ,‘ प्रमुखका रुपमा काठमाडौँ महानगरपालिकामा रहँदा र समाज सेवामा सक्रिय हुँदा उहाँले पुर्याउनु भएको योगदानको उच्च सम्मान गर्दै आज मिति २०८१ पुस १ गते अत्यावश्यक सेवाबाहेक काठमाडौँ महानगरपालिका र मातहतका कार्यालयहरुमा शोक बिदा रहने निर्देशानुसार अनुरोध गरिन्छ।’