सुदूरपश्चिम रोयल्सले १० ओभरमा पूरा गर्यो ५० रन
काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल) को लिग चरण अन्तर्गत सुदूरपश्चिम रोयल्सले ३ विकेट गुमाउँदै १० ओभरमा ५० रन पूरा गरेको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले दिएको १०२ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले पावरप्लेमा ३ विकेट गुमाउँदै ३० रन बनाएको थियो।
दोस्रो ओभरको अन्तिम बलमा ओपनर विनोद भण्डारीलाई विपिन शर्माले एलबीडब्ल्यू आउट गराए। उनले ५ बलमा १ चौकासहित ५ रन बनाएर पेभेलियन फर्किए।
दोस्रो विकेटका रुपमा सुदूरपश्चिमले अर्का ओपनर सैफ जैबलाई गुमायो। उनले १३ बलमा २ चौकासहित १३ रन बनाउँदै सोमपाल कामीको बलमा एलबीडब्ल्यू आउट भए।
तेस्रो विकेटका रुपमा सुदूरपश्चिमका ब्रान्डन म्याकमुलेन रन आउटका रुपमा आउट भए। हाल चौथो विकेटका लागि दिपेन्द्र सिंह ऐरी र इशान पाण्डेले २० रनको साझेदारी गर्दै क्रिजमा खेलिरहेका छन्। कर्णालीका लागि सोमपाल कामी र विपिन शर्माले १/१ विकेट लिए।
प्रतिक्रिया दिनुहोस !