लामिछानेमाथि अनुसन्धान भइरहँदा वक्तव्य दिने र आन्दोलन गर्ने प्रवृतिले मुद्दा प्रभावित हुन्छ : मन्त्री गुरुङ

लामिछानेमाथि अनुसन्धान भइरहँदा वक्तव्य दिने र आन्दोलन गर्ने प्रवृतिले मुद्दा प्रभावित हुन्छ : मन्त्री गुरुङ
सुन्नुहोस्

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राज्यले गरेको अनुसन्धानलाई प्रभावित गर्ने काम उचित नभएको बताएका छन्। सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा सञ्चारमन्त्री गुरुङले सहकारी प्रकरणमा रवि लामिछानेमाथि अनुसन्धान भइरहँदा राजनीतिक दलबाट वक्तव्य जारी गर्ने र सडकमा आन्दोलन गर्ने प्रवृतिले अनुसन्धानलाई प्रभावित गर्ने देखिएको बताएका हुन्।

न्यायलयमा गइसकेको विषयमा त्यसले गर्ने निर्णयलाई सबैले मान्नुपर्ने उनको भनाई छ। उनले सरकारको ध्यान सुशासन तथा राजनीतिक स्थायित्व प्रदान गर्नेमा केन्द्रित रहेको उल्लेख गरे। गुरुङले अहिले संविधान र व्यवस्थामाथि भइरहेको हमलाको यथोचित जवाफ सरकारले दिइरहेको धारणा राखे।

सरकारको कार्यशैलीलाई सुधारेर अस्तव्यस्त रहेको मुलुकको अवस्थालाई व्यवस्थित गर्दै अघि बढिरहेको उनको भनाइ छ। 

गुरुङले मुलकमा दिगो स्थायित्व कायम गर्न सके मात्रै दिगो विकास सम्भव रहेको बताए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.