तत्काल पार्टी एकताको सम्भावना नरहेको एकीकृत समाजवादीको निष्कर्ष

तत्काल पार्टी एकताको सम्भावना नरहेको एकीकृत समाजवादीको निष्कर्ष
सुन्नुहोस्

काठमाडौं : नेकपा एकीकृत समाजवादीको तत्काल पार्टी एकताको कुनै सम्भावना नभएको निष्कर्ष निकालको छ।

पार्टी कार्यालय आलोकनगरमा सोमबार बसेको नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको बैठकपछि पार्टी नेता जगन्नाथ खतिवडाले देशका अन्य कुनै पनि कम्युनिष्ट पार्टीसँग एकताको कुनै सम्भावना नभएको निष्कर्ष निकालेको बताए। 

उनले राष्ट्रिय एजेन्डामा सहकार्य गर्न तयार रहेको बताए। केन्द्रीय सदस्यहरूको कार्य विभाजन र आगामी कार्ययोजनालाई पारित गर्दै स्थायी कमिटीको बैठक मंगलबार सम्पन्न हुने उनले बताए। खतिवडाले जनताको घर-घरबाटै जनसंघर्षकै माध्यमबाट पार्टी निर्माण गर्न सकिने भएकाले जनताको घर-घरमा जानेसहितको निर्णय हुने बताए। 

आगामी निर्वाचनमा समाजवादीलाई सशक्त प्रतिस्पर्धीको रूपमा उभ्याउने भन्ने विषयमा छलफल केन्द्रित रहेको र यसबारे ठोस निर्णय पनि मंगलबार नै गर्ने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.