स्वास्थ्यसहित वेलनेश पर्यटनबारे सचेतना जगाउन अन्नपूर्णसँग ट्रान्क्यूलिटी स्पाको सहकार्य

स्वास्थ्यसहित वेलनेश पर्यटनबारे सचेतना जगाउन अन्नपूर्णसँग ट्रान्क्यूलिटी स्पाको सहकार्य

काठमाडौं : जनस्वास्थ्यसहित वेलनेश पर्यटन बारे सचेतना जगाउन अन्नपूर्ण मिडिया नेटवर्कसँग ट्रान्क्यूलिटी स्पाको सहकार्य भएको छ। मंगलबार अन्नपूर्ण मिडिया नेटवर्कको तीनकुनेस्थित हेडक्वाटर्रमा आयोजित एक समारोहबीच सहकार्य सम्झौता भएको हो।  

सम्झौतामा अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेत र ट्रान्क्यूलिटी स्पा प्रा.लिका अध्यक्ष भुवन फैजु, निर्देशक श्यामकुमार पोखरेलले हस्ताक्षर गरेका थिए। दुवै बिच एक वर्षका लागि सहकार्य भएको हो। १८ वर्षअघि स्थापना भएको ट्रान्क्यूलिटी स्पाले जनस्वास्थ्य र वेलनेश पर्यटनका बारेमा सचेतना जगाउदै वेलनेश पर्यटन वृद्धि गर्नका लागि विभिन्न सेवाहरु सञ्चालन गरिरहेको छ।

‘स्वास्थ्य र वेलनेश पर्यटनका बारेमा सचेतना जगाउनका लागि अभियानैका रूपमा यो सहकार्य गरेका हौं’, ट्रान्क्यूलिटी स्पा प्रा.लिका अध्यक्ष भुवन फैजुले भने, ‘हाम्रो यो सहकार्यबाट जनस्वास्थ्य र वेलनेशका बारेमा आम समुदायले ज्ञान पाउनेछन्।’

मुलुकभित्र १८ वटा शाखा र मलेसियाका नाम चलेका अन्तराष्ट्रियस्तरका होटेलहरूमा समेत  स्पा तथा वेलनेश सेवाहरूका लागि व्यवस्थापनसमेत गरिरहेको ट्रान्क्यूलिटी स्पाले त्यसका लागि चाहिने दक्षजनशक्ति उत्पादन गर्नका लागि ट्रान्क्यूलिटी इन्टरनेशनल व्यूटी तथा स्पा एकेडेमीसमेत संचालन गरिरहेका छ। हालसम्म उक्त एकेडेमीबाट ३५ सय जनाले तालिम प्राप्त गरि देशविदेशमा समेत रोजगारी पाइरहेका छन्। हाल नेपालभित्र २५० जनालाई प्रत्यक्ष रोजगारीसमेत प्रदान गरिरहेको छ।

‘अब हामी जनस्वास्थ्यदेखि वेलनेश पर्यटनलाई समेट्ने गरी अन्नपूर्णमा पेज नै तोकेर सचेतना जगाउने अभियान सुरु गर्दैछौं’, अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.