जुवा खेलिरहेको अवस्थामा १७ जना पक्राउ
काठमाडौं : जुवा खेलिरहेको अवस्थामा १७ जना पक्राउ परेका छन्।
कागेश्वरी मनोहरा नगरपालिका-४ डाँछी नयाँगाउँस्थित खाली जग्गामा जुवा (ओखर) खेलिरहेको अवस्थामा सोही नगरपालिका-४ डाँछी बस्ने ३३ वर्षीय हस्त बहादुर तामाङ समेत १७ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६५ हजार ४ सय रुपैयाँ र १९ दाना ओखर सहित पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।