घरमै पुगेर नागरिकता प्रदान

घरमै पुगेर नागरिकता प्रदान

स्याङ्जा : पुतलीबजार नगरपालिका-१२ का प्रितम गुरुङलाई उनको निवासमा पुगेर स्याङ्जा प्रशासनले नागरिकता उपलब्ध गराएको छ।

करिब २ वर्षअघि रुखबाट खसेपछि अपांगता भएका प्रितमको ढाड भन्दा तलको भाग चल्दैन। जसका कारण उनी हिँडडुल पनि गर्न सक्दैनन्। बिस्तारमा सुतिरहनुपर्ने उनको अवस्था छ।

खिलप्रसाद गुरुङ र डम्बरकुमारी गुरुङका १६ वर्षीया छोरा प्रितम नागरिकता बनाउनका लागि कार्यालयसम्म आउजाउ गर्न कठिनाइ भएको जनाएपछि उनकै घरमा पुगेर नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराइएको सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले बताए।

सप्रजिअ पौडेलका अनुसार प्रशासकीय अधिकृत शोभाखर पोखरेल र नायब सुब्बा जगुलाल पाण्डे सहितको टोली पुगेर सोमबार दिउँसो नागरिकताको प्रमाणपत्र दिएको हो। प्रशासन टोली घरमा पुग्दा पिँढीमा सुतिरहेका प्रितमलाई सोही अवस्थामै नागरिकता दिएको बताइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.