एकीकृत समाजवादीले बनायो २४ सदस्सीय सचिवालय, यस्ता छन् जनसंघर्षसहितका निर्णयहरू

एकीकृत समाजवादीले बनायो २४ सदस्सीय सचिवालय, यस्ता छन् जनसंघर्षसहितका निर्णयहरू

काठमाडौं : नेकपा एकीकृत समाजवादीले संविधान संशोधनका लागि सुझाव दिन कार्यदल गठन गरेको छ। 

पार्टी कार्यालय आलोकनगरमा मंगलबार सम्पन्न पार्टीको स्थायी कमिटी बैठकले संविधान संशोधनबारे अध्ययन गरेर सुझाव दिनको लागि उपाध्यक्ष प्रकाश ज्वालाको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरेको नेता जगन्नाथ खतिवडाले बताए। सुझाव कार्यदलमा गरिमा साह, गणेश विक, बलदेव चौधरी, रामचन्द्र यादव, घनप्रसाद गौतम र राजन राई रहेका छन्।

त्यस्तै बैठकले आगामी निर्वाचनमा कलम चुनाव चिन्हका साथ उम्मेदवारहरू एक्लै चुनाव लड्ने निष्कर्षसमेत निकालेको छ। यसका लागि जनतामा जाने खतिवडाले बताए। 

बैठकले पार्टी एकता नगर्ने र सुदृढीकरणमा ध्यान दिने निर्णय पनि गरेको उनले बताए। बैठकले पार्टीलाई जनतासँग जोड्नको लागि जनसंर्षका अभियानहरू चलाउने निर्णय पनि गरेको छ। 

स्थायी कमिटी बैठकले पार्टीको केन्द्रीय सचिवालय गठन गरेको छ। सचिवालमा अध्यक्ष, सम्मानित नेता, वरिष्ठ नेता, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवसहित २४ जना रहने खतिवडाले बताए।

बैठकले पाँच सदस्यीय केन्द्रीय कार्यालय गठन गरेको छ भने पार्टीको आगामी कार्ययोजनालाई संशोधनसहित पारित गरेको छ। कार्यविभाजनका सन्दर्भमा आएका सुझावहरूलाई अध्ययन गरी दुई दिनपछि टुंग्याउने खतिवडाले बताए। खतिवडाले वामदेव गौतमलाई नेकपा एकीकृत समाजवादीमा ल्याउनका लागि छलफल भइरहेको र गौतम पनि सकारात्मक रहेको बताए। यसका लागि अन्य प्रक्रियाका कामहरू जारी रहेको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.