थन्डरबोल्ट्स  कपमा आज विभिन्न खेल सञ्चालन

थन्डरबोल्ट्स  कपमा आज विभिन्न खेल सञ्चालन

जेम्स विद्यालयद्वारा आयोजित दोस्रो थन्डरबोल्ट्स  कप खेलकुद महामेला अन्तर्गत १२ वर्षमुनि छात्रसमूह अन्तर्गतको जारी फुटबलको समूह चरणको खेलमा ब्लूम नेपाल स्कुलले शिखर स्कुलका विरुद्ध ७ /१ को गोल, लिटिल फ्लावर स्कुलले लर्डस लाइट एकेडेमीका विरुद्ध ४/० को गोल र चेल्सी वोर्ल्ड स्कुलले लिटिल एन्जेल्स स्कुलका विरुद्ध  ४/१ को गोल अन्तर कायम गर्यो। सेन्ट जेभियर्स स्कुल र निस्ट स्कुलको खेल भने २ /२ गोलको बराबरीमा सकियो।

१६ वर्षमुनि छात्रसमूहको समूह चरण अन्तर्गतको जारी क्रिकेट प्रतिस्पर्धामा एलआरआई स्कुलले जेम्स स्कुललाई ९ विकेटले, लिटिल एन्जेल्स स्कुलले भ्याली पब्लिक स्कुललाई ८ विकेटले  र चेल्सी वोर्ल्ड स्कुलले जेम्स स्कुललाई ७ विकेटले पराजित गर्यो।

जेम्स स्कुलको खेल मैदानमा जारी थन्डरबोल्ट्स कप अन्तर्गत बास्केटबलको यु-१८  छात्रतर्फ समूह चरणको आजको खेलमा बर्नहार्ट  स्कुलको ५९  का विरुद्ध काठमान्डु वर्ल्ड स्कुलले ६३ अंक, मोलिस  स्कुलको २२ का  विरुद्ध नामी कलेजले ४८ अंक र  जेम्स स्कुलको १५ का विरुद्ध गोल्डेनगेट इन्टरनेसनल कलेजले ४७ अंक जोडेका छन् भने यु-१८ छात्रातर्फ समूह चरणको आजको खेलमा रिब्स स्कुलको १९ का विरुद्ध नामी कलेजले २१ अंक प्राप्त गरेको छ।

यु-१६  छात्रतर्फ समूह चरणको आजको खेलमा ओएसिस स्कुलको ४७ का विरुद्ध एलआरआई स्कुलले ५३अंक  र  मेगस स्कुलको २३ का  विरुद्ध रातो बंगला स्कुलले ४४ अंक जोडेका छन्।

थन्डरबोल्ट्स कप अन्तर्गत  यु- १२, यु- १५ र यु-१८ उमेर समूहका महिला र पुरुष एकलतर्फ टेबल टेनिस खेलमा ३० भन्दा बढी विद्यालय र २५० भन्दा बढी विद्यार्थीबीच प्रतिस्पर्धा जारी छ। यस खेलमा उपत्यका लगायत उपत्यका बाहिरका समेत प्रतिस्पर्धीहरूको सहभागिता छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.